अधिवक्ता तथा कवि पेशल कुमार लुइटेलको ‘पोल्टाभित्र डिही’ नामक कवितासङ्ग्रग लोकार्पण गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँको बागबजारस्थित होटल हार्दिकमा एक समारोहका बिच पुस्तक लोकर्पण गरिएको हो ।
लोकार्पण समारोहको अध्यक्षता शिखा बुक्सका प्रोपाइटर पुष्पराज पौडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा आख्यानकार भुवनहरी सिग्देलको उपस्थतिति रहेको थियो । कार्यक्रममा रेडियो नेपालका निर्देशक नवराज लम्साल, लेखक तथा समालोचक महेश पौड्याल र छन्द कवि तथा नियात्राकार भवानी खतिवडाले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो ।