अक्टोबर २० , काठमाण्डौमा गीता खत्रीको नियात्रा कृति “उडेको आकाश डुलेको धर्ती” लोकार्पण भएको छ । हाल अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी खत्री अनेसास बिओटीकी अध्यक्ष हुन् ।
राष्ट्रका धरोहर उच्च आदरणीय सम्माननीय व्यक्तित्व सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अनेसास बिओटिका सल्लाहाकार प्रा डा खगेन्द्र प्रशाद लुइटेलको बिशेष उपस्थिती रहेको थियो । अनेसासका केन्द्रिय सल्लाहाकार राधेश्याम लेकाली, केन्द्रिय सचिव बिमला निरौला,अनेसास पुरस्कार समितिकी सदस्य एवम् वोस्टर्न च्याप्टर अध्यक्ष दीपा राइ पुन , विशिष्ट नियात्राकार युवराज नयाँघरे, साहित्यपोस्टका प्रधानसम्पादक तथा लेखक आस्विनि कोइराला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारी, उपाध्यक्ष द्वय सरिता अर्याल र बिओटी सदश्य राजेन्द्र के.सी लगायतको गरिमामय उपस्थिति रहेको थियो ।
अनेसास नेपाल च्याप्टरको आयोजना रहेको उक्त भव्य कार्यक्रमको सभापतित्व च्याप्टरकी अध्यक्ष सन्ध्या पहारीको रहेको थियो । सो कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र केसीले अतिथिज्यूहरूलाई शब्दगुच्छाद्वारा स्वागत गरेका थिए । युवराज नयाँघरेज्यूले कृतिका बारेमा प्रकाश परेका थिए । उपस्थित अतिथिहरूले पनि आआफ्नो तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।