साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्र सहित प्रस्तुत गरिएको छ । सङ्ग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका कथाहरु सङ्ग्रहित छन् ।
छिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ ।