Book Launch: Blue Planet

Organized by फिनिक्स बुक्स

Time
6:15 AM
Venue
Kathmandu

विजय हितानद्वारा लिखित इको कथासङ्ग्रह ‘ब्लु प्लानेट’ सार्वजनिक भएको छ । आफ्नो कृतिमा हितानले आजको विश्वव्यापी वातावरणीय समस्या र तिनको निराकरणका उपायहरूलाई कथाको स्वरुप दिएका छन् ।

सङ्ग्रहभित्र १५ वटा पर्यावरणीय कथाहरू रहेका छन् । तिनले जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीशिकारी, बाढीपहिरो, जल तथा वायु प्रदूषण, वातावरण संरक्षण अभियान, विश्वव्यापी तापक्रम बृद्धिजस्ता विषयवस्तुलाई समेटेका छन् ।

‘ब्रह्माण्डको निलो ग्रह यस धरतीमा पर्यावरण सन्तुलन, वातावरण संरक्षण र प्राणी–वनस्पतिबीचको प्राकृतिक चक्र नियमित गर्न सक्रिय हितान पर्या लेखन अर्थात् ‘इको राइटिङ’का अथक योद्धा हुन्,’ भनेर प्रकाशकद्वारा आफ्नो प्रकाशकीयमा लेखिएको छ ।

कथाकार हितानका अनुसार आजसम्मका हाम्रा प्रायः सबै साहित्यिक सिर्जनाहरू मानवकेन्द्रित छन् । मानवीय अतिक्रमणमा परेर पृथ्वीको पर्यावरण असन्तुलित बन्दै गैरहेको छ । तर विडम्वना, मानवीय सभ्यता नै धरापमा पर्न सक्ने यस्तो जटिल समस्याबाट हामी अनभिज्ञ छौँ । यसर्थ अब हाम्रा साहित्यिक सिर्जनाहरू मानवेत्तर जगततिर केन्द्रित गरेर पृथ्वीको पर्यावरणीय संरक्षण, संबर्धन र प्रबर्धन गर्नुपर्ने आवश्यकता छ ।

यस कथासङ्ग्रहमा नेपालमा इको राइटिङलाई सबैभन्दा पहिला आफ्नो ‘उत्तर आधुनिक विमर्श’ पुस्तकमा सिद्धान्तीकरण गरेका प्रा. डा. गोविन्दराज भट्टराईको भूमिका रहेको छ ।