साहित्यकार मधु पोखरेलद्वारा लिखित ‘पूर्वीय थारु संस्कृति’ नामक पुस्तक विराटनगर विमोचन गरिएको छ । विराट साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता विपूलेन्द्र चक्रवर्ती, प्राज्ञ गंगा सुवेदी, राष्ट्रियसभाका पूर्व सदस्य एवं प्राज्ञ खेम नेपालीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो । विमोचित पुस्तकका विषयमा लेखक दिनेश श्रेष्ठ र प्राध्यापक राम विश्वासले टिप्पणी गरेका थिए ।