Yugko Tatma Ubhiyera's front cover

Yugko Tatma Ubhiyera

युगको तटमा उभिएर
Yugko Tatma Ubhiyera's front coverYugko Tatma Ubhiyera's back cover

Paperback

Rs 275

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

असअघि तीन कवितासङ्ग्रहमार्फत् समयसँग संवाद गर्न कविताको फाँटमा देखिएका कवि विमल वैद्य आफ्नो चौथो सङ्ग्रह 'युगको तटमा उभिएर'मा आइपुग्दा निकै परिपक्व र जिम्मेवार भएर देखापरेका छन्। आफूले बाँचेको समय, व्यतीत गरेको उमेर र देखे भोगेको इतिहासका विभिन्न मोडहरूले उनका कविता अनुप्राणित छन् । तिनले नेपाली राजनीतिको विसङ्गति र इतिहासका विपर्यासहरूलाई राम्रोसँग सहतमा ल्याएका छन् भने आफ्नो राष्ट्र, माटो र परिवारप्रतिको जिम्मेवारीलाई सर्वोपरी मानेका छन् । सामाजिक-राजनीतिक विषयका अतिरिक्त यी कवितामा प्रेम, जीवन-दर्शन, मिलन र विछोडका जोडघटाउ, भुइँमान्छेका दर्द र पीडा, भोक र शोकका नसुनिएका आर्तनाद, रित्तिँदैगएका गाउँठाउँका कथा-व्यथा र परिवर्तित समयका स्वभावलाई पनि केन्द्रीय कथ्य बनाइएको छ । विमलका कवितामा नेपालको सुदूरपूर्वी पहाडको भाषा, लवज, कथन, पात्र, विश्वासधारा र बिम्बहरूको बाहुल्य छ । यस स्थानीयताको रङले उनका कवितालाई निजत्व र पहिचान दिएको छ ।
-तुलसी दिवस

चालीसको दशकदेखि नेपाली कवितामा निरन्तर सिर्जनशील कविको नाम हो विमल वैद्य । इलामलाई कार्यक्षेत्र बनाएर कवितामा कालिक चेतना भर्न सशक्त कलमका धनी बनेका हुन् उनी । मानवअधिकार र स्वतन्त्रताको पक्षमा हरेक आन्दोलनले उनलाई सडकमा भेटिरहन्थ्यो । उनी कवितालाई बौद्धिक लठ्ठी मात्र नबनाई कलात्मक सौन्दर्यले भरिपूर्ण विद्रोहको आवाज पनि बनाउँछन् । हरेक विसङ्गति उनका काव्यिक प्रहारका निसाना हुन् । देशको सुदूर पूर्वी पहाडमा झुल्किएको कलिलो काव्यिक सूर्य अब नेपाली कविता यात्राको मध्यान्हमा उभिन पुगेको छ ।
 

All Editions

9789937963725
Paperback
ISBN13: 9789937963725
Page Turner Pvt. Ltd, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review