Yuddhabhumima Damiyako Mann's front cover

Yuddhabhumima Damiyako Mann

युद्धभूमिमा डामिएको मन
Yuddhabhumima Damiyako Mann's front coverYuddhabhumima Damiyako Mann's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

'युद्धमा डामिएको मन' रोल्पाली भावभूमिमा डायरी - शैलीमा उद्भव भएको खाट्टी कहानी हो । यो पुस्तक रोल्पाली जनजीवनलाई नियाल्न सकिने सुन्दर झ्याल हो जहाँबाट पाठकले युद्धको आँधीले विचलित भूगोल, निर्दोष समुदाय र अभावको बगरमा गुज्रिएको माटोको जीवन्त चित्र देख्नसक्छन् । एक राष्ट्रसेवक कर्मचारी फरक भाषा, रीतिरिवाज, संस्कार र आर्थिक जीवनको पहेलीमा बाँचेका समुदायसँग जोडिएर कसरी सत्कर्म गर्नसक्छ ? उनीहरूसँगसँगै भावनाको गहिरो समुद्रमा कसरी सम्मिलन हुनसक्छ ? नयाँ कारिन्दालाई नौलो भूगोलमा युद्धसङ्क्रमित राजनीतिक आँधीले कसरी तारो बनाउँछ ? यी यावत प्रश्नको साहसिक उत्तर पढ्न पाइन्छ यस पुस्तकमा । रोल्पाली भूगोल, संस्कार र समाजको चित्रलाई स्वतन्त्र रूपमा उतारिएको यो पुस्तकमा निर्दोष गाउँलेहरूले युद्धको आँधीबीचमा भोगेका चुनौतीका फेहरिस्त पढ्न सकिन्छ र यसले गहिराइमा 'यदि बेलैमा युद्धको विषालु बिरुवा उखेलिएन भने यसले जनसमुदायको अस्तित्वलाई हुर्मत लिन्छ' भन्ने भाव सम्प्रेषण गरेको छ । युद्धआँधीको दुईधारे तरबार र त्यसको समाप्तिपछि पनि त्यहाँ पलाउन नसकेको रूपान्तरणको पालुवालाई यस पुस्तकमा पढ्न पाइन्छ । ग्रामीण मान्छेका निर्दोषपन, बेलाबेला त्यहाँ ठोक्किने प्राकृतिक प्रकोप, आर्थिक कठिनाइ र व्यक्तिगत क्षतिको सामना गर्ने आत्मबलको कहानीयुक्त महाकाव्य हो यो पुस्तक । काव्यात्मक शैलीमा लेखिएको यो पुस्तक ग्रामीण जीवनको सुन्दरता, नरनारीका कथा, पारिवारिक विरासत र दैनिक अनुभवहरू समेटिएको कलमले खिचेको सुन्दर कथा भएको डकुमेन्ट्री चलचित्रजस्तै हो । वर्णनात्मक भाषामा युद्धकालीन रोल्पाली गाउँको जीवन्त र तटस्थ कहानी पढ्न चाहने जोसुकैका लागि यो पुस्तक चकलेटी खजाना हो ।

All Editions

Paperback
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review