UAE le Bandeko Muskan

UAE le Bandeko Muskan

युएइले बाँडेको मुस्कान

Paperback
Rs 337Rs 375
Genre:Fiction
Language: Nepali
Published:January 24, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937932578
ISBN10:9937932572
Pages:358

पछिल्लो बाहिरी पृष्ठबाट

धेरै लेखिए युएइका कथा । राता बाकसमा बन्द लासका कथा, वैराग, वितृष्णा र बालुवाले सपना उजाडेका कथा, अनि सुख्खा खबुस र अतृप्त खडेरीका कथा । के खाडी भनेको दुःखको सागर मात्रै हो त ? खाडीमा सबैको बिचल्ली मात्रै हुन्छ र ? खाडी गएका सबैले मैती र बेल्चा मात्रै चलाउँछन् ? हाम्रो विमानघाटबाट हरेक दिन अटेसमटेस खुसीका कथाहरु बोकेर हजारौं सुटकेस पनि त भित्रिन्छन् । ती सूटकेसहरू खोला बिहानी घाममै खुल्ने नेपालीका ओठका मुस्कानको मिठास तपाई हाम्रो कल्पनामा कहिल्यै अटाएको छ त ? चालीस वटा कथा संग्रहित यो किताबले त्यही मुस्कान र मिठासको खोजी गरेको छ । युएइमा काम गरिरहेका सरखर दुई लाख पचास हजार नेपालीले गर्ने काम, कमाइ, विदेशमा काम गर्दाका हन्डर, ठक्कर, मूल्य, मान्यता र कामले कमाएको मुस्कानका अनेक पाटा र पत्रहरू केलाएको छ यो पुस्तकले । भनिन्छ - दुःख बाँडे आधा हुन्छ, सुख बाँडे दोब्बर । यो किताब नेपालीले एक्लाएक्लै कमाएको सुख एकआपसमा बाँडेर खुसीलाई दोब्बर बनाउने कोसिस हो ।

यो किताबले त्यही मुस्कान र मिठासको खोजी गरेको छ ।