Yambunera
YambuneraYambunera

Yambunera

याम्बुनेर

Paperback
Rs 270 Rs 300
Genre:Short Stories
Language: Nepali
Published:August 26, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705516
ISBN10:9937705517

पछिल्लो बाहिरी पृष्ठबाट

याम्बु अर्थात् काठमाण्डू । अर्थात् शासकीय दम्भको बिम्ब | यतिबेला त झन् 'नव दरबार'हरूको नक्कली रूप । दलाल पूँजीवादको कुरूप अनुहार । मानिस हुनुको संवेदना नै क्षत-विक्षत पार्ने व्यवस्थाको प्रतिरूप ।

जात, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लका आधारमा गरिदै आएको विभेदका कारण पहिचानविहीन हुन पुगेका मानिसहरूले टाढा अनुभूत गर्ने पराइपन छ, याम्बुमा । र छ, पहुँच र प्राप्तिको निकै कठीन र कठोर दुरी । अनेकन बहानामा इतिहासदेखि वर्तमानसम्म एक अक्षर पनि सम्पादन गर्न नमानेको, राज्यसत्ताले नै 'मासिन्या' भनेर हुर्काइदिएको विभेद छ । यही विभेदमा मानिस भने सधैं सत्ताको शक्ति, रोब-रवाफको पैतालामुनि पिल्सिनु परिरहे को छँदै छ ।

ती मानिस जो याम्बुका लागि केवल पिपा थिए । सत्ताको कथनमा असभ्य, गँवार थिए । काँठका अनपढका बनाइएका थिए, छन् । तिनका मेहनत र श्रम नदेख्ने, तिनलाई दास देख्ने, बनाउने तर तिनमा नागरिक नभेट्ने एकालापको कथन विरुद्ध कठोर उपस्थिति हो- बिना थिङको 'याम्बुनेर' ।

यो कथाकृति सत्ताबाट पिल्सिएका किनारीकृतहरूको साझा आख्यान हो । केवल साक्षी किनाराबाट गरिएको वृत्तान्त होइन, भोग्ने मानिसहरूको समय-चेतसहितको नयाँ कथन हो ।
 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode