Vipashyana
VipashyanaVipashyana

Vipashyana

विपश्यना

Paperback
Rs 337 Rs 375
Genre:Buddhism
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937541831
ISBN10:9937541832

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक श्री जयप्रसाद भेटवालको जन्म वि.सं. १९९७ साल भदौ १ गते ताप्लेजुङको थेचम्बुमा भएको हो । वहाँ पिता स्वर्गीय रंगलाल भेटवाल र माता स्वर्गीय चन्द्रमाया भेटवालका ७ सन्तानमध्ये तेस्रो तथा ४ छोरामध्ये माहिलो हुनुहुन्छ । चरम गरिबी, अशिक्षा, पछौटेपनले जकडिएको र भौगोलिक रूपमा उच्च हिमाली भेगको त्यस बेलाको जनजीवन अति कष्टकर थियो । औपचारिक शिक्षाको पहुँच अत्यन्त कम भएको त्यस समयमा घरबाट नजिक स्कुल थिएन, पढ्नुपर्छ भन्ने चेतना थिएन, न त घरको आर्थिक अवस्था नै पढाउन सक्ने थियो । तर तत्कालीन समाजमा भएको थिचोमिचोले लेखकको बाल मस्तिष्कमा नराम्ररी विद्रोही स्वभाव जन्माइदिएको मात्र थिएन, सकारात्मक ऊर्जा पनि भरिदिएको थियो । त्यही विद्रोही स्वभाव र सकारात्मक ऊर्जाको हुटहुटीले लेखकको मानस पटलमा आफु, परिवार र समाजमा परिवर्तनको लागि पढ्नै पर्छ भन्ने दृढ संकल्प जन्माइदियो । बाल्यकालमा सतिसालमै टुसाएको संकल्पलाई सँगालेर अगाडि बढ्दै जानेक्रममा श्री कालिका प्राइमरी स्कुलमा ५ कक्षासम्म र श्री मूलपानी मावि. आठराई, तेह्रथुममा ८ कक्षासम्म अध्ययन गरी श्री भानु मा.वि. ताप्लेजुङबाट वि.सं. २०१९ मा एस.एल.सी. उत्तीर्ण गर्नुभयो र करिब २ वर्ष श्री कालिका प्राइमरी स्कुल, थेचम्बुमा अध्यापन गर्नुभयो । यसले जीवनयापन केही सहज भयो तर जीवन सोचे जस्तो सरल रेखाबाट नहिंड्ने रहेछ । विगतमा बसौदेखि थिचोमिचो गरेर बसेकाहरूको लागि यहाँ आफु एक जना मात्र चुनौती बनिदिनुभएन, आफूजस्ता थुप्रै शिक्षित जमात पनि उत्पादन गरेर अन्धकारमा दियोको भूमिका निभाउन थाल्नुभयो । उनीहरूका निम्ति यो ठुलो चुनौती भयो र स्वाभाविक रूपमा पड्यन्त्रका स्वरहरू सुनिन थालियो । उच्च शिक्षा हासिल गर्ने अविचलित इच्छा र षड्यन्त्रका स्वरहरू दुवैको समाधानको रुपमा वहाँले विराटनगरको नयाँ यात्रा सुरू गर्नुभयो, जसले वहाँलाई निजी अध्यायनबाट स्नातक तह उत्तीर्ण गर्ने अनि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा खरदारदेखि प्रथम श्रेणीको अधिकृतको जिम्मेवारीमा पुयायो र २०५१ सालमा सेवा निवृत पनि हुनुभयो । आध्यात्मिक खोजको प्यास वहाँमा पहिलेदेखि नै भएकाले सेवा निवृत्त भएपछि विभिन्न आध्यात्मिक पुस्तक अध्ययन र साधना गर्न थाल्नुभयो । त्यस क्रममा वि.स. २०५७ सालमा पहिलो पटक विपश्यनाको १० दिने शिविरमा भाग लिने अवसर जुरेपछि आध्यात्मिक खोजको यात्राले सही गन्तव्य भेटेको अनुभूति उहाँलाई भयो । तत्पश्चात विपश्यना साधनामा निरन्तर साधनारत हुनुहुन्छ र सहायक प्राचार्यको रूपमा विपश्यना शिविरहरू पनि सञ्चालन गर्दै आउनुभएको छ । जागिरे जीवनसँगै वहाँले साहित्य साधनालाई पनि अघि बढाउनुभयो । वहाँका रम्भा (कथा संग्रह) आकाश पाताल (उपन्यास), अनजान धुनहरू (कविता संग्रह). दुस्ख मुक्तिको सन्देश (आध्यात्मिक खोज कृति), बुद्धको शुद्ध शिक्षा (आध्यात्मिक खोज कृति) प्रकाशित कृति हुन | अनुहार र पाइला (उपन्यास), गीतान्जली (अनुवाद), अन्तरयात्रा संघर्ष (डायरी) अप्रकाशित कृति हुन् । बुद्धको शुद्ध शिक्षालाई थप परिमार्जन सहित विपश्यना (बुद्धको शुद्ध शिक्षा) को नामबाट दोस्रो संस्करण प्रकाशित भएको छ । वहाँ हाल तीन विराटनगर, तीनटोलियास्थित निवासमा विपश्यना साधनारत हुनुहुन्छ । यहाँकी श्रीमती इन्द्रमाया भेटवाल र सातजना छोरीहरू हुनुहुन्छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode