Delivery in 1-3 days
कुनै एकजना इसाई धर्मका अनुयायीलाई 'तिम्रो धर्मग्रन्थ के हो ?’ भनेर सोध्यो भने उसले बिनाकुनै हिचकिचाहट उत्तर दिन्छ, 'पवित्र बाइबल' हो भनेर । कारण उसले आफ्नो धर्मग्रन्थ नित्य पाठ गर्ने गर्छ एवम् प्रत्येक रविवार गिर्जाघरमा गएर धार्मिक प्रवचनहरू पनि श्रवण गर्ने गर्छ । त्यसैले उसलाई अझ के पनि स्पष्ट हुन्छ भने, ऊ क्याथोलिक हो कि, प्रोटेस्टेन्ट हो कि, वा अर्थोडक्स हो । यही कुरा इस्लामका अनुयायीलाई पनि लागु हुन्छ । कारण पनि आफ्नो धर्मग्रन्थ पवित्र कुरान नित्य पाठ गर्छ नमाज पढ्छ एवम् मस्जिद जाने गर्छ।
तर पख्या हिन्दु अन्योलमा छ। ऊ किन अन्योलमा छ? किनभने उसलाई उसको धर्मले सप्ताहको यही दिनमान पवित्र हो, त्यस दिन मन्दिर जानैपर्छ भनेर तोकिदिएन । इसाईहरूलाई जस्तो १० निर्देशले बाँधिदिएन; एउटै पूजा पद्धतिभिन्न खुम्च्यइदिएन अनि एउटै दर्शन शास्त्रमा सीमाबद्ध गरिदिएन। प्राचीन वैदिककालदेखि नै श्रवण-मतत-निदिध्यासन हाम्रो शिक्षा नीति बन्यो । सत्यको साक्षात्कार गर्न भने केवल श्रवनले मात्र पुग्दैन त्यस विषयमा मनन गर्दै, विश्लेषण गर्दै, एउटा स्पष्ट धारणा बनाएर आत्मसात् गर्नुपर्छ । त्यसो नभएर, केवल सुनेर मात्रै विश्वास गरिहालियो विश्लेषण नै नगरी त्यसैअनुसार हिंड्न थालियो, मानौं केवल श्रवणकुमारमात्र भइयो तर मननकुमारचाहिं भइएन भने गन्तव्यमा पुग्न सकिंदैन भन्ने आदिकाव्य रामायणको चरित्र श्रवणकुमारको कथाले स्पष्ट पारिदियो । समाज व्यवस्थामा लक्ष्मणरेखा कोरिदिए पनि गहन चिन्तन - गगनमा स्वच्छन्द उड्ने स्वतन्त्रता भने दियो । फलस्वरूप - सगरमा मुक्त विहंग झैं स्वच्छन्द विचरण गर्दै मानव समाजलाई आध्यात्मिक एवम् भौतिक ज्ञानको उज्वल रवि-रश्मिले प्लावित गरायो । वेद, पुराण, स्मृति, तन्त्र, आयुर्वेदजस्ता शास्त्रले आर्याव्रत परिपूर्ण भयो।
-स्वामी एकार्थानन्द
Your review helps others make informed decisions
Click on a star to start your review