Delivery in 1-3 days
‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तक हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।यस पुस्तकमा पाँडेले राणाकाल अवधीमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्।
पाँडेको यो किताबमा राणाकालको आखिरी तीन दशक भित्रको समयताका भएका राणा व्यवस्था चरमचोटीमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशानिक जगको बारेमा उल्लेख गरेका छन्।
यस पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथा लगाएत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलिविस्तारका बारेमा जानकारी पाउन सक्छन्।
पाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।
भाग एक - (राणा व्यवस्था चरमचोटीमा) ISBN : 9789937705455
भाग दुई र तीन - (नेपालमा आर्थिक बिकासको कल्पना) ISBN : 9789937705448
भाग चार - (नेपालमा प्रजातन्त्रको प्रवेश ) ISBN :9789937705431
भाग पांच - (नेपालको प्रशासनिक जग ) ISBN : 9789937705424
Your review helps others make informed decisions
Click on a star to start your review