Delivery in 1-3 days
Delivery in 1-3 days
तुइन यस्तो एउटा मौलिक स्वादको कथा हो, जसलाई समर्पणको पानामा लेखियो !
तुइन यस्तो एउटा मर्म छुने कथा हो, जसलाई आँसुको मसीले लेखियो !
एउटा जुम्ली ठिटो भूमिराजले सिङ्गो कर्नालीलाई नै समृद्ध बनाउने सपना देख्छ र त्यही सपना टिप्ने अठोटसहित ऊ चुनौतीको रापिलो भुङ्ग्रोमाथि हिँड्न राजी हुन्छ । यो उपन्यास विकासको मूलप्रवाहबाट किनारीकृत कर्नालीको वास्तविकता देखाउने ऐना हो । कर्नालीबासीको पुर्पुरोमा थुप्रिएका दुख्खै - दुख्खका चाङलाई यतिका वर्षसम्म कर्नालीकै हल्कोले बगाउन किन नसकेको होला भन्ने जिज्ञासाको काव्यिक जवाफ पनि हो ।
तुइन दशवर्षे सशस्त्र द्वन्द्वले निमोठेको प्रेम र सपनाको कथा मात्रै होइन, नेपाल र नेपालीले भोगेको एउटा कहालीलाग्दो कालखण्डको गाढा तस्बिर पनि हो ।
Your review helps others make informed decisions
Click on a star to start your review