Ti Nila Aankha

Ti Nila Aankha

ती निला आँखा

Paperback
Rs 375
Genre:Literature/Essays
Language : Nepali
Edition:1st
Paperback
Weight:200 g

पुस्तकको बारेमा

जयदेव गौतम
निबन्धकार जयदेव गौतमको जन्म पाल्पाको बगनासकाली गाउँपालिका-५, दर्लमडाँडा (टाकुरा) गाउँमा पिता श्रीकृष्ण शर्मा गौतम र माता दुर्गादेवी गौतमका पुत्रका रूपमा वि.सं. २०२४ भदौ २२ गते हरितालिका तीजको बिहानीमा भएको थियो । उनले गाउँकै श्री दर्लमडाँडा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी जिल्ला सदरमुकामस्थित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनबाट स्नातक गरेका हुन् । पछि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट अङ्ग्रेजी विषयमा मास्टर्स र प्राइभेट विद्यार्थीका रूपमा बिएल उत्तीर्ण गरेका हुन् । उनले छिटपुट रूपमा वि.सं. २०४० सालदेखि पत्रकारिता र स्वतन्त्र लेखन थाले पनि २०४७ सालदेखि नियमित पत्रकारिता गर्दै आएका हुन् । विभिन्न साप्ताहिक र दैनिक पत्रपत्रिकाहरूमा आबद्ध रहिसकेपछि गौतमले पछिल्लो समय विभिन्न अनलाइन पोर्टलहरूमा स्वतन्त्र लेखन गर्दै आएका छन् |
समसामयिक, राजनीति, साहित्य, खेलकुद एवम् अन्य विषयमा समेत कलम चलाउने उनका ‘विश्वकप फुटबल : कथा एक गाथा अनेक’ (२०५९) खेलकुद र ‘लक्ष्मण-रेखाका दासहरू’ (२०६७) साहित्यिक निबन्धसङ्ग्रह पुस्तकहरूका रूपमा प्रकाशित छन् । निबन्धकार, यात्रा – संस्मरण लेखक, अनुवादक, सम्पादक र खेलकुद पत्रकारका रूपमा समेत परिचय बनाएका गौतमको सम्पादनमा विभिन्न समसामयिक पत्रपत्रिका र जर्नलहरूका साथै ‘आवाजहरू मौन छैनन्’, ‘पृथक् आवाज’, ‘विद्यार्थी र युवा राजनीतिमा महिला नेतृत्व’, ‘बेइजिङ प्लस ट्वान्टी नेपालको नागरिक समाज प्रतिवेदन’, ‘जीवनका आठ दशक’, ‘सम्झनाहरूमा ईश्वरादेवी’, ‘स्नेहलता : जीवनकथाका पानाहरू’, ‘छोरीले जन्माएका आमाहरू’ आदि पुस्तक प्रकाशित छन् ।