Ti Bidrohi Ti Mahatma
Ti Bidrohi Ti MahatmaTi Bidrohi Ti Mahatma

Ti Bidrohi Ti Mahatma

ती विद्रोही ती महात्मा: अम्बेडकर - गान्धी बहस

by Arundhati Roy, Translated by Naresh Gyawali, Translated by Binod Bikram K.C.
Paperback
Rs 390
Genre:Fiction
Language: Nepali
Published:August 10, 2021
Paperback
Origin:Nepal
ISBN13:9789937090605
ISBN10:9937090601
Weight:155 g

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालका राजनीतिक एवम् सामाजिक आन्दोलनहरूले विश्वमा प्रचलित थप चिन्तकका ज्ञानलाई आफ्ना भरोसा मानेका छन् । भारतका विभिन्न आन्दोलन । हाँकेका मोहनदास करमचन्द गान्धीदेखि राममनोहर लोहियासम्मका व्यक्तित्व र कतित्व नेपाली समाजको लोकतान्त्रीकरणको सवाल उठाउन थालेदेखि नै सान्दर्भिक ठहऱ्याइएको हो । त्यही अनुपातमा बीआर अम्बेडकरको नाम उच्चारण गरिदैन ।। सबैभन्दा बढी सान्दर्भिक हुने नेपालको दलित आन्दोलनले समेत अम्बेडकरको बौद्धिकीसँग बाक्लो सङ्गत गरको छैन । 

नेपाली समाजको लोकतान्त्रीकरण प्रक्रियामा अम्बेडकरका धेरैजसो कृति सान्दर्भिक हुन्छन् । औपचारिकताका साँघुरा वृत्तमा कैद लोकतन्त्रलाई आम मान्छेका जीवन रूपान्तरणमा चालक शक्ति बनाउन जात व्यवस्थाजस्ता जकडबन्दीबाट हामी मुक्त हुनैपर्छ । भारतमा जगजगी गरिरहेको हिन्दुत्वको समेत प्रभाव बढ्न थालेको नेपालमा। सामाजिक आन्दोलनहरू शिथिल भएका छन् । आम विमर्शमा दलित, महिला, आदिवासी, जनजाति, श्रमिकजस्ता शब्दहरू दोहोरिए पनि, तत् समूहका समस्या बढी जटिल हुँदै गएका छन् । गान्धीको महत्ताको सधैं महिमा गाउने नेपाली। बौद्धिकहरूलाई यस घडी अम्बेडकर स्मरण गराउन जरुरी छ । 

अम्बेडकरको अत्यन्तै प्रभावकारी कृतिमध्ये 'एनाइअलेसन अफ कास्ट'बारे अरुन्धती। रोयले गरेको प्राज्ञिक विश्लेषणले अम्बेडकरबारे जरुरी विमर्श सुरु गर्न मद्दत पुग्नेछ। यस निबन्धमा ‘महात्मा' बनाइएका गान्धीसँग तुलना गर्दै अम्बेडकरको सम्यक चित्र खिचिएको छ । समाज अध्ययनमा रुचि भएका सबै पाठकका लागि नेपालीमा । अनुदित अरुन्धतीको यस निबन्धले अम्बेडकरबारे थप अध्ययन गर्न प्रेरित गर्नेछ ।

                                                                                                                                                                      – उज्ज्वल प्रसाई, लेखक