दिलिप बान्तावा दूरदराजका शालीन मानिसहरूको कथा भन्न रुचाउँछन् । ती मानिसहरू जो व्यवस्था, समय र परिस्थितिले कज्याएर शालीन बन्न बाध्य भएकाहरू हुन्, बनाइएका हुन् । नेपाली समाजको सीमान्तमा यस्ता शालीन मानिसहरू धेर छन् । राज्यविहीन अवस्थाबाट गुज्रिएकाहरू अथवा राज्यबाट पाउनुपर्ने सबै प्रकारका न्यायबाट बेखबर उनीहरू विगतमा राज्यकै रक्तपातपूर्ण दमन भोगेका मानिसहरू हुन् । उनीहरूमा पराजित मनोविज्ञान हाबी छ । तब उनीहरू प्रतिशोध साँध्दैनन्, शान्त जीवन रुचाउँछन् । बरू दुःखलाई स्वीकार गर्छन् । उनीहरूको जीवनमा ठट्टा, हँसिमजाक शून्यप्रायः छ । उनीहरू नीरस लयकै जीवन बाँच्छन् । जीवन र जगत्लाई बुझ्ने उनीहरूको आफ्नै पारा छ । नियतिलाई स्विकार गर्दै जिउनुपर्ने उनीहरूको जीवनका निरन्तर दुःखहरूले हायलकायल नै गराउँछ ।
'ताल्चा' तिनै शालीन मानिसहरूको कथा सङ्ग्रह हो । नीरस लयभित्र भोगिएका जीवनहरूको सम्पूर्णताबाट विद्रोह कहने शैली यो कृतिको खास स्वाद हो ।
thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.
Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.