Delivery in 1-3 days
डा. मीना आचार्य विगत पाँच दशकदेखि नेपालको विकास, अर्थतन्त्र, लैङ्गिक सम्बन्ध, श्रम बजार र महिलाको श्रमको मूल्य, राजनीति, गरिबी र योजना जस्ता विषयमा अनुसन्धानरत अर्थशास्त्री हुनुहुन्छ । डा. आचार्यको यो आत्मकथाले तत्कालीन नेपालको सामाजिक, राजनीतिक, शैक्षिक लगायत समग्र परिवेशबारे बुझाउँछ । साथै, एक स्वतन्त्र एवं स्वावलम्बी महिलाका रूपमा बाँच्न उहाँले परिवार, समाज र राज्यसँग गर्नुपरेको सङ्घर्षगाथाबाट धेरै कुरा सिक्न सकिन्छ | - विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपति
आत्मकथा कथा हुँदैन, लेखकको जीवनको गीत हुन्छ, समाजको जीवनको झलक हुन्छ, लेखकले भोगे अनुसारको बदलिँदो समयको परिचय हुन्छ । चिन्ता हुन्छ, आशा हुन्छ, खुशी हुन्छ, सङ्घर्ष हुन्छ, सफलता हुन्छ, असफलता हुन्छ । सबभन्दा ठूलो कुरा सन्देश हुन्छ ।
एउटा जीवनीले अर्को जीवनीलाई अझ सुन्दर, सुखी, सार्थक, स्वतन्त्र र न्यायपूर्ण बनाउन प्रेरित गर्नुपर्छ । यो पुस्तकले त्यही गर्छ । त्यसबाहेक हरेक पुस्ताले र हरेक मानिसले सुख, शान्ति र समृद्धिको परिभाषा आफैँ खोज्नुपर्छ र आफैँले लागू गर्नुपर्छ भन्नेबारे मीना आफैँ एक उदाहरण हुन् भन्ने कुरा यो पुस्तक पढ्ने जो कोहीले पनि बुझ्न सक्छ ।
- नीलाम्बर आचार्य, राजनीतिज्ञ / मीना आचार्यका सहपाठी
Your review helps others make informed decisions
Click on a star to start your review