महाभारतको जगमा उभिएको मिथकीय पुनर्लेखनको पौराणिक-सामाजिक उपन्यास हो – सूतपुत्र ।
महाभारतका महान् योद्धा कर्णलाई नायक बनाएको यस उपन्यासले विभेदयुक्त समाजमा बाँच्न त्यसै त कठिन हुन्छ, अझै एक सचेत व्यक्तिका निम्ति त्यो कतिसम्म पीडादायी हुन्छ भन्ने कुराको वस्तुपरक र मार्मिक चित्रण गरेको छ ।
जातीय विभेदलाई मुख्य विषय बनाएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर र उसको वास्तविक जीवनको क्षयोन्मुख चरित्रको चित्रण गर्दै हाम्रै गाउँ शहरको विम्बलाई प्रस्तुत गरेको छ ।
पौराणिक कथाका माध्यमबाट जातीय सबाल्टर्नलाई उत्खनन् गर्ने लेखकको लोभलाग्दो कथा-कौशल नै उपन्यासको सबैभन्दा ठूलो शक्ति हो ।
Your review helps others make informed decisions
Click on a star to start your review