Genre: | Novels |
---|---|
Language: | Nepali |
Published: | 2006 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789994699452 |
ISBN10: | 9994699458 |
Pages: | 269 |
निकै चर्चा पाउनुपर्ने तर पाउन नसकेको उपन्यास हो सुसम चण्डिका । लैङ्गिक समानता र महिला अधिकारका विषयमा प्रशिक्षित हुन चाहने व्यक्तिले धेरै किताव पढ्ने समय छैन भने कपिलजीको सुसम चण्डिका पढे पुग्छ । यसमा मानवविकासको इतिहासदेखि लैङ्गिक विभेदका कारण प्रभावित महिला र पुरुषका वर्तमान अवस्थाका मार्मिक कथाहरु अत्यन्त रोचक तरिकाले समेटिएका छन् ।
- डा. ज्ञानू पाण्डे
लेखक तथा पत्रकार कपिल काफ्लेले जनआन्दोलन भाग १ र २ लाई यस उपन्यासमा समेट्नुभएको छ । उपन्यासमा दलविहीन पञ्चायती व्यवस्थाको कहर, माओवादी द्वन्द्वको त्रास र गाउँदेखि शहरसम्म फैलिएको सामाजिक चेतना तथा अवरोधहरुलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यहाँ महिला पात्रहरु चण्डिका पुरानो पुस्ताको प्रतिनिधित्व गर्छे भने नयाँ पुस्ताको प्रतीक छे सुसम । यी दुई महिलाको जीवनमा आएको परिवर्तन र उनीहरुले भोगेको जीवन आम नेपाली पाठकलाई आफ्नै जीवनजस्तो लाग्छ । राजनीति, समाज र विकासलाई लैंगिक चेतनाको दृष्टिले हेरिएका कारण उपन्यासले लोकतन्त्र, मानवअधिकार र मानवविकासका पक्षमा वकालत गरेको छ जो आजका आम नेपालीको चाहना पनि हो । उपन्यासले यहाँहरुकै चाहना बोकेको छ ।
प्रदिप नेपाल
- हातमा किताब पर्नेबित्तिकै कुर्चीमा बसेर पाना उल्टाउन थालेपछि समाप्तिसम्म नपुगी पुस्तक थन्क्यायो भने नुन नपुगेको तरकारी खाएजस्तो दुःख मनमा बसिरहन्छ।
- धेरै पदार्थ समेटिएको 'सुसम चण्डिका' उपन्यासमा जीवनले भोगेको पीडा छ, शहर र गाउँबीचको चिताइनसक्नुको भेद छ, शहरको उपभोक्तावाद र गाउँको सामन्तवादको चित्रण छ।
- लेखक स्वयम् उपदेशक नहुनु उपन्यासको एउटा राम्रो पक्ष हो । उपन्यासभरि नै लेखक गाथागायक भएको छ।
नरहरि आचार्य
- कपिलजीको पत्रकार-व्यक्तित्वको प्रभाव उपन्यासभरि सर्वत्र छ। दृष्टान्तमा मात्र होइन, प्रस्तुतीकरणमा समेत पत्रकारिता शैलीको विस्तार व्यापक छ, तर यी सबैको केन्द्रबिन्दु बनेको छ- परिच्छेद १८ को नयाँ प्रयोग । रेडियो, टेलिभिजन र टेलिफोन तीन माध्यमलाई प्रयोग गर्दै तीन विषय एकै साथ सञ्चालन भइरहेको कार्यक्रम नेपाली पाठकहरूका लागि नयाँ प्रस्तुति बनेको छ।
- लैङ्गिक चेतना उपन्यासको केन्द्रीय विषय हो। त्यसैले उपन्यासमा समेटिएका सबै विषयको मूल ध्वनि त्यसै अनुरूप निस्केको छ । यस विषयमा लेखक प्रकट रूपले नै सचेत छन्।
- उपन्यास पाठकका लागि रोचक बनेको छ र नेपाली उपन्यासको इतिहासमा नयाँ उपस्थिति भएको छ।
लेखक
प्रकाशन :
१. एक सांसदको अन्त्य (कथा साहित्य)
२. चित्रगुप्त (व्यङ्ग्य सङ्ग्रह)
३. पत्रकारिता डट खोज (कोर्स बुक)
४. सुसम चण्डिका (हातमा)
५. पत्रकारिता डट खोज द्वितीय (प्रकाशनको क्रममा)
Mobile Apps
Contact