Seema Naksa Sangraha
Seema Naksa SangrahaSeema Naksa Sangraha

Seema Naksa Sangraha

नेपाल सम्बन्धित ऐतिहासिक सीमानक्सा संग्रह

Paperback
Rs 620
Genre:Geography
Language: Nepali
Published:December 02, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937079778
ISBN10:9937079772
Pages:258
Weight:425 g

पछिल्लो बाहिरी पृष्ठबाट

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको भूमि हो, त्यसलाई फिर्ता प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ । तद्अनुरूप नै छुटेको भूमिसहित समावेस गरी नेपालको नक्सा जारी गरिनेछ ।
- राष्ट्रपति विद्यादेवी भण्डारी, कान्तिपुर दैनिक, २०७७ जेठ ३

कालापानी नेपाली भूमि भएकोले त्यहाँ तैनाथ भारतीय सेना फिर्ता गराउन आफू लागिपरेको छु । आफ्नो एक इञ्च भूमि पनि नेपालले कसैलाई मिच्न दिंदैन । नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याइने छ | नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं ।
- प्रधानमन्त्री केपी शर्मा ओली, नयाँ पत्रिका दैनिक, २०७६ मंसिर २

नेपालसँग अतिक्रमित भूभागका बारेमा पर्याप्त प्रमाण भएकाले कूटनीतिक माध्यमबाट नेपालको भूमि भारतबाट फिर्ता गर्ने कुरा स्पष्ट रहेको छ ।
- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नागरिक दैनिक, २०७६ कार्तिक २६

नेपालसँगको लिपुलेकलगायतको सीमा विवाद संवादबाट समाधान गर्न सकिन्छ । नेपालतर्फबाट सकारात्मक र रचनात्मक पहल भएमात्र सम्भव रहेको छ ।
- भारतीय रक्षामन्त्री राजनाथ सिंह, हिन्दुस्तान टाइम्स दैनिक, १६ जुन २०२०

भारतको मानचित्रले नै कालापानी क्षेत्र भारतको सार्वभौम क्षेत्र भएको स्पष्ट पारेको छ । नयाँ नक्सामा नेपालसँग जोडिएको हाम्रो सीमामा कुनै फेरबदल गरेका छैनौं ।
- भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार, दी हिन्दू दैनिक, ३ जनवरी २०२०

नेपाल-भारतबीचको कालापानी क्षेत्रको मामिला सुल्झाउन आपसी मित्रवत् कुराकानी जरूरी रहेको छ । नेपाल-भारत दुवैले आपसी मैत्री संवादबाटै सुल्झाउनेमा चीन विश्वस्त छ, एक पक्षीयले कदम चाल्दा परिस्थिति थप जटिल हुनेतर्फ ध्यान दिनुपर्छ । 
- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान, काठमान्डु पोस्ट दैनिक, १९ मे २०२०
 

RELATED BOOKS