Shivagadhi Dekhi Pratibandha Samma

Shivagadhi Dekhi Pratibandha Samma

शिवगढीदेखि प्रतिबन्धसम्म

Paperback
Rs 250
Genre:Political Memoirs, Non-fiction
Language: Nepali
Published:January 20, 2022
Edition:1st

पुस्तकको बारेमा

लेखक नारायण नेपालको पुस्तक हो, ‘शिवगढी प्रतिबन्धसम्म’ । पुस्तकमा तत्कालीन नेकपा-माओवादीबाट अलग भई नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछिको राजनीतिक घटनाक्रमलाई आलोचनात्मक विश्लेषण समेटिएको छ ।
विप्लव नेतृत्वको नेकपाभित्रको राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा भूमिका र प्रभाव तथा पछिल्लो समय नेकपाका गतिविधिमाथि लागेको प्रतिबन्धसम्मका घटनाक्रमलाई लेखक नेपालले पुस्तकमा उल्लेख गरेका छन् । २०७१ सालमा कपिलवस्तुको शिवगढीमा भएको भेलादेखिको नेकपाभित्रको राजनीतिक उथलपुथल र नेपाली राजनीतिमा देखा परेका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरुको विश्लेषण पनि पुस्तकमा पाइन्छ।