Delivery in 1-3 days
त्यतिबेला आइमाई मान्छे मलामी जाने चलन थिएन । तर म कुन आँटले गएँ ? मलाई नै थाहा भएन । घरबाट शव निकाल्दा एकापट्टि बोक्न काँध मेरो थियो । यो गाउँभरिमा सबैभन्दा धेरै मलामी थिए भन्ने सुनेको हो । काँध फेर्दा बाटोमा पनि शव बोकेँ । हाम्रो सबै पुर्खाहरूलाई लाने घाट गहते र शिक्तेल खोलाको दोभानमा चिता माथि राखेर आगो बल्न सुरु भएपछि त्यो हुहुर्ती बलेको आगोमै झ्वाम्मै हाम फालू लाग्यो तर साना छोराछोरी सम्झेर मनलाई सम्हालें । हाम्रो वंशजमा सती जाने चलन थियो पछि सरकारले रोक लगाएकाले हटेको हो श्रीमान् बितेको बेलामा श्रीमती किरिया बस्छन् तर मैले चाहिँ छोराहरूले जस्तै कपाल नै खौरिएर किरिया बसेकी हुँ ।
Your review helps others make informed decisions
Click on a star to start your review