Shakuni

Shakuni

शकुनी

Paperback
Rs 449
Genre:Historical Fiction
Language : Nepali
Published: July 19, 2019
Edition:1st
Paperback
Pages:310
Weight:250 g

About the Book

यो उपन्यास महाभारतको विवादास्पद पात्र शकुनीलाई केन्द्र बनाएर लेखिएको छ । उपन्यासमा महाभारतका मूल घटनाहरु व्यासग्रन्थ र मिथकबाटै एकत्रित गरिएको छ । 

सत्तासीन शासकको विवेक अरुको कब्जामा भएपछि राज्यले विनाशको मार्ग लिनु स्वाभाविकै हो र हस्तिनापुर विनासकै मार्ग दौडिरहेको छ। ( यही स्थितिमा आजको नेपाल छ  कि छैन ?) मान्छेको तन मातृभूमि निरपेक्ष बन्न सक्छ। मन मातृभूमि हुन सक्दैन। मातृभूमि भनेकै चेतना हो र चेतना निरिपक्ष भएपछि मान्छे कयौं मान्छे बनिरहन्छ त ? सन्तान कसको भनेर पिता तोक्न सक्ने यहि शक्तिले नारीसामु पुरुष शक्तिहीन हुन्छ। 

सिमान्तकृतताबाट अग्नि जन्मनु प्राकृतिक नै हो। परन्तु त्यो अग्निलाई वन र मन जलाउन नदिएर चुलो जलाउन र खाध्ध गलाउनमा उपयोग गरे शासक र शासित दुवै समाज र जनको उन्नति हुन्छ।  माटो दुख्नु भनेको त सबैभन्दा भयानक हुँदो रहेछ। मेरो दुखेको गन्धारको माटोले नै जन्माएको हो, यो महाभारत युद्ध। राज्यभन्दा ठुलो जब कोहि व्यक्ति हुन्छ, तब भद्रगोल नभए के हुन्छ त ? बिछ्यौना द्रौपदीको सबभन्दा शक्तिशाली अस्त्र हो। उसको ओछ्यानसामु अर्जुनको गन्डिव, भीमको वृषपर्वा गद्द, युधिष्ठिरको धर्म सब असहाय र निर्बल हुन्छ।

This novel is based on controversial character Shakuni from Mahabharat.