Delivery in 1-3 days
कविता लेख्नु एउटा कुरा हो तर कवि नै हुनु अर्को कुरा । सुदूर अतीतमा भेटिएका उमेश उहिले पनि कवि थिए र अहिले पनि । आँखामा सुकोमल सपना, हृदयमा मानवकल्याणको कामना र कर्ममा उज्याला कविता बोकेर हिँडिरहेको एक विनयी कवि | मन छुने विम्बहरूले भरिएका र शान्त भाषामा संवाद गर्ने उनका कविताले पाठकीय हृदयलाई असीम शीतलता प्रदान गर्छन्, आत्मिक शान्ति प्रवाह गर्छन् । यो सङ्ग्रहको भावयात्रा गरिरहँदा अनेकन् पल्ट लाग्छ- यस्तो पो कविता !
'सायद किनाराहरू'सँगै उभिएको कविलाई मेरा अनन्त शुभकामनाहरू ! यो अक्षरयात्रा अविराम रहोस् - शुभ यात्रा !
- रमेश क्षितिज
Your review helps others make informed decisions
Click on a star to start your review