Sanskritik Adhyayan's front cover

Sanskritik Adhyayan

सांस्कृतिक अध्ययन
Sanskritik Adhyayan's front coverSanskritik Adhyayan's back cover

Paperback

Rs 599

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

मनोविश्लेषणात्मक समालोचकका रूपमा स्थापित डा. दुर्गाबहादुर घर्तीले सांस्कृतिक अध्ययन सँगै आफूलाई समालोचनाको अर्को सार्थक विमर्शमा खरो उभ्याएका छन् । साहित्य-समालोचनालाई समाजका जीवन्त बहसमा सामेल गराउनुको साटो कक्षाकोठाको साँघुरो घेराभित्र प्राविधिक रस्साकसीमै सीमित गराइदिनाले प्राज्ञिक भनिने लेखनप्रति आम पाठकहरूको रूचि घट्दो छ । यही माहोलबीच यस पुस्तकले सांस्कृतिक अध्ययनको वैश्विक परम्परादेखि नेपाली साहित्यमा जागेको सांस्कृतिक सचेतनासम्मलाई जोडेर बहस गर्ने मेसो मिलाइदिएको छ । प्राध्यापक र शोधार्थीबीच हुने उच्चाटलाग्दो ओसिलो प्रश्नोत्तरलाई केही बेरको विश्राम दिएर सामाजिक बहसको रापिलो उज्यालोतिर डोयाउने पुलको काम यस पुस्तकले गर्ने अपेक्षा लिन सकिन्छ ।
पछिल्लो समय सांस्कृतिक अध्ययनले विश्वविद्यालयदेखि सार्वजनिक वृत्तमा समेत आफूलाई केन्द्रमा पार्दै लगेको परिवेशमा यस पुस्तकको आगमन सुखद मान्न सकिन्छ । प्राज्ञिक अध्ययनका अथक साधक डा. घर्तीको यस पुस्तकले परवर्ती अध्येतालाई समेत सांस्कृतिक वाद-प्रतिवाद-संवाद मा सहभागी हुन आह्वान गरेको छ ।
- गुरुङ सुशान्त, समीक्षक

All Editions

9789937974707
Paperback
ISBN13: 9789937974707
Indigo Ink, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review