Sanjiwani

Sanjiwani

संजीवनी

Paperback
Rs 315Rs 350
Genre:Fiction
Language: Nepali
Published:2017
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937917865
ISBN10:9937917867
Pages:214
Weight:150 g

पछिल्लो बाहिरी पृष्ठबाट

 

सामान्यरुपले नेपाली आख्यानमा उपेक्षितजस्ती “पूजा” नामकी आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिसाका आखेटिकक्रम हो- सजीवनी। अन्ततोगत्वा विरोधजन्य निर्णयसहित स्वतन्त्र एकल मातृत्वपूर्ण जीवनका फलकमा विस्तारित छ, यसको कथानक। यस उपन्यासले पुरुषप्रधान समाजका जघन्य पौरूष र नारीका अवस्थिति बयान गरेको छ। अलिकति गाउँ र अलिकति शहरमा फुलेको संजीवनीमा सम्वेदनशीलता. नारीजन्य अस्मिताचिन्तन र समाजबोधको सहज चित्रण भेटिन्छ ।

                                                                                                                                     - सरूभक्त

यस उपन्यासकी नायिका जन्मजात विकलाङ्ग भएका कारण उनले शारीरिक र मानसिक तनाव भोग्नु परेको छ। उनी हरहिसाबाट ग्रस्त छिन् । यस्ता व्यक्तिले समाजमा सबलाङ्गसरह स्थापित भई आत्मनिर्भर हुनपर्छ र अन्य अड्गमार्फत सिर्जनशील रही सङ्घर्ष गर्नुपर्छ भन्ने प्रेरणादायी सन्देश यो पुस्तकले दिएको छ। समाजमा यस्तै छायामा परेका पात्रको खोजमूलक सिर्जना गर्न उपन्यासकारलाई उत्साह र हौसला मिलोस्, शुभकामना छ।

                                                                                                                                 - गीता केशरी

नारीलाई आधाआकाश भनिए पनि उनका गोलार्धमा पुरूषग्रहण मोचन भएको छैन । यो उपन्यास त्यही ग्रहणस्नान हो । जतिसुकै नारीमुक्तिका राग आलापे पनि विश्वभर नारी विनिमयमा छन् । नारीलाई खेलौनाभन्दा  पनि पर गएर उपन्यासको कामुक लम्पटले आफ्नै श्रीमतीलाई मोगमा। सापटी दिएको सन्दर्भले पाठकको दिमाग थर्थराउँछ। वाक्शक्तिविहिन नायिका पूजाको सार्थक भूमिकाले नारी जागरण र सञ्चेतनाको शङ्खघोष गरेको यो उपन्यासका हरेक अंशले  पाठकलाई रोमाञ्चित तुल्याउँछ ।