Delivery in 1-3 days
कवि रोशन यक्सोका कुनै कविता आख्यानात्मक छन् । ती कविता पढ्दा इतिहासदेखि आजतकको मानिसको अनन्त कथा कति सजिलै मन्त्रमय भनिरहेजस्तो लाग्नेछ । कुनै कविता पढ्दा कुनै गम्भीर क्यान्टाटा सुनिरहेजस्तो लाग्नेछ । मानौं, त्यहाँ जीवन जगत्को गहिरो लय अनुगुञ्जित छ । कुनै कविता पढ्दा कुनै पर्फेक्सनिस्ट चित्रकारको आधुनिक चित्र हेरेजस्तो लाग्नेछ । जहाँ सिङ्गै ब्रह्माण्ड अटेको अनुभूति हुनेछ । कवितामा प्रयुक्त मिथकले, मुन्धुमी लयले, हिमाल, पहाड र समुद्र आदिका वैविध्यपूर्ण रङहरूले अथवा हङकङ र नेपालका सामाजिक सांस्कृतिक सौन्दर्यले उनको कविताको क्यानभास फराकिलो र बेग्लै देखिएको छ। मानवता, प्रेम र पहिचान उनको कविताको पहिलो स्वर हो । जुन स्वर आजको समयको पनि विकल्पहीन प्रस्तावना हो ।
- श्रवण मुकारुङ
Your review helps others make informed decisions
Click on a star to start your review