Sambidhan Sabhama Dalit Mudda's front cover

Sambidhan Sabhama Dalit Mudda

संविधान सभामा दलित मुद्दा
Sambidhan Sabhama Dalit Mudda's front coverSambidhan Sabhama Dalit Mudda's back cover

Paperback

Currently not available.

Contact us for further queries.

About the Book

Among the series of publication of SAMATA foundation, it is the twelfth book comprising of Dalit related agendas that were raised and discussed strongly during the first and second constitutional assembly. In a way, the book has scripted the Dalit struggle for ensuring their rights in the constitution. The book consists of Dalit issues guaranteed by the constitution as well as the subject-matters not included by it.

Importantly, the book delineates the discourses of constitution assembly since 2007 BS(1950) as an attempt to see the continuation of this discussion on the backdrop of role and contribution the Dalits played in the historical political movement. Altogether, the book is an effort for accumulating information about Dalit struggle and their contribution in the lengthy debates and struggle in Nepal for the sake of fair and inclusive constitutional assembly. Besides, the book consists of the commitments of leaders from the various political parties for the making of Dalit-friendly constitution. At the end, this book encloses the ups and downs of the Nepali politics and Dalit movements.

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई वि.सं. २०७० पुस २५ गते महाराजगञ्जमा दलित आन्दोलनले ज्ञापनपत्र बुझायो । दोस्रो संविधानसभामा पहिलाको भन्दा दलितको प्रतिनिधित्व घटेको जानकारी गराउँदै २६ जना मन्त्रिपरिषदको मनोनित कोटामा दलित समुदायलाई पनि मनोनित गर्न माग गरियो । तर, २६ जनामा को-कोलाई दिने ? कस-कसलाई पुऱ्याउने भनेर कोइराला चिढिए । सबैलाई यही कोटाबाट पुऱ्याउन गाह्रो हुने बताए । समानुपातिक प्रणालीबाट निर्वाचन आयोगले तोकेबमोजिम दलितको प्रतिनिधित्व गराएको जवाफ दिए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संविधान निर्माणको अन्तिमचरणमा उनकै निवासमा ज्ञापनपत्र बुझायो । समानुपातिक प्रतिनिधित्वलगायत संविधानसभाले पूर्ण सहमति गरिसकेका र अन्तरिम संविधान २०६३ ले सुनिश्चित गरेका दलित समुदायका हकअधिकार कटौती नगर्न आन्दोलनको माग थियो । तर ओलीले आफूले दलितको घरमा खाना खाएको र दलितलाई विभेद नगरेको भन्दै बिषयलाई अर्कोतिर मोडे ।

एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी कार्यालयमा दलित आन्दोलनले ज्ञापनपत्र बुझायो । प्रचण्डले आफ्नो पार्टीको हालत पनि अहिले दलितको जस्तै भएको गुनासो गरे । पार्टी र दलित समुदाय मिलेर अघि बढ्नुपर्ने भन्दै २६ जनाको कोटामा दलितलाई पार्न पहल गर्ने प्रतिवद्धता गरे ।

एक दशकदेखि पत्रकारितामा क्रियाशील लक्ष्मण दर्नाल गोरखापत्र दैनिकसँग आवद्ध छन् । पत्रकारितामा स्नातकोत्तर अध्ययनरत दर्नालले सन् २०१० को अस्ट्रेलियन लिडरसिप अवार्डअन्तर्गत एसिया प्यासेफिक जर्नालिजम सेन्टर, अस्ट्रेलियाबाट नेपालमा दलित मिडियाको सवलीकरणका सम्बन्धमा अध्ययन गरेका छन् । दलित मानवअधिकार, सामाजिक न्याय र समानताका पक्षमा कलम चलाउँदै आएका दर्नाल नेपाल पत्रकार महासंघ, ललितपुरका कार्यवाहक सचिव तथा नेपाल दलित पत्रकार संघका महासचिव हुन् ।

All Editions

9789937906470
Paperback
ISBN13: 9789937906470
Samata Books, 2017

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review