Currently not available.
Request this bookत्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विषयको प्राध्यापकबाट अवकाश लिनुभएकी डा. अञ्जना वस्ती भट्टराईको नवीनतम् निबन्धसङ्ग्रह हो “समय संवेग” । सङ्ग्रहमा विभिन्न समयमा लेखिएका छोटा आयतनका २१ शीर्षकमा निबन्धहरु सङ्ग्रहित छन् ।
“विषयवस्तु, उदेश्य, भाषाशैली अन्तर्गतका शृङ्खलाबद्धता र संक्षिप्तता जस्ता निबन्धका तत्वहरुका आधारमा यस सङ्ग्रहका निबन्धलाई हेर्दा ती निबन्धहरु सैद्धान्तिक हिसाबले पनि सफल देखिएका छन् ।” पुस्तकको भूमिकामा डा. साधना प्रतीक्षा लेख्छिन्, “जगत्का स्थूलदेखि सैद्धान्तिक हिसाबले पनि सफल देखिएका छन् । जीवन जगत्का स्थूलदेखि सूक्ष्म पक्षहरुका साथै आफ्नै अनुभव अनुभूतिको हार्दिक अभिव्यक्तिलाई निबन्धकारले आफ्नो निबन्धको विषय बनाउनुभएको छ । हरेक निबन्धले निश्चित वैचारिक सम्प्रेषणको उदेश्य राखेका छन् । प्रत्येक निबन्धको अन्त्यमा यसको मूलभाव छर्लङ्ग भएको पाइन्छ ।”
Your review helps others make informed decisions
Click on a star to start your review