Rupsya Saiko Naso's front cover

Rupsya Saiko Naso

रुप्स्या साइको नासो
Rupsya Saiko Naso's front coverRupsya Saiko Naso's back cover

Paperback

Rs 201

Delivery in 1-3 days

पुस्तकको बारेमा

"रुप्स्या साइको नासो" बद्रीप्रसाद शर्मा लम्सालद्वारा लिखित तथा सम्पादित लोकलयात्मक लोक काव्य हो । यसमा पश्चिम नेपालको दैलेख जिल्लाका गरिबीले पिल्सिएका युवाहरुले भारतको काला पहाडमा गएर बगाएको आँसु र पसिनाको कारुणिक बयान गरिएको छ । घरपरिवारसँग छुट्टिएर आफूले मुगलानमा भोगेका र जहान परिवारले आफ्नै गाउँघरमा भोगेको शोक, भोक र अभावसँगै विवशताको भुङ्ग्रोमा डामिएर छटपटाउनु परेको कथा परिवेश सरल शैलीका न्याउले (डेउडा) गीतबाट प्रकट गरिएको छ । न्याउले लोकलयमा लेखिएको यस लोक काव्यमा देखाइएको वस्तुस्थिति आज पनि अवस्था उहीँ र फेरिएको छैन । सटीक र कलात्मक शैलीमा लोकभाका माध्यमबाट प्रस्तुत रचना जीवन्त बनेको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

खोज्न त मैले यसभित्र सोमदत्त खोज्ने प्रयत्न पनि गरेँ, किराँतबाला पारुहाङ अथवा भनुं सतीदेवी खोज्ने पनि प्रयत्न गरेँ, तर यहाँ न सोमदत्त भेटें न पारुहाङ, अलिकति सुम्निमासम्म त भेटेकै हुँ तर त्योभन्दा धेरै मुना भेटें, मदन भेटें तर अलि लिखुरे मदन ।
- डा. मधुसूदन गिरी 

लोकसाहित्य सभ्यताको पर्खालबाहिर रहेर पनि निरक्षर जनमानसको हर्षविस्मात्, जीवनमरण, लाभहानी, सुखदुःख, विरहवेदना, प्रेमघृणाको अभिव्यञ्जन गर्न सक्षम हुन्छ । यसमा क्षणिक मनोरञ्जन मात्र होइन मानव जीवनका असिम कथाव्यथा बोकेका वृहत् काव्य जन्माउन सक्ने क्षमता पनि हुन्छ । दैलेखी लोकसाहित्यका क्षेत्रमा वृहत् काव्य सिर्जना गर्न सकिने असंख्य सम्पदाहरु विद्यमान् छन् । त्यस्तै सम्पदामध्येका एउटा सम्पदा टिपेर लोकजीवनका भावनाहरु आफूभित्र समेट्न सफल काव्य हो सस्या साइको नासो । यो कृति नेपाली साहित्यका क्षेत्रमा मात्र नभई लोकसाहित्यका क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धिका रूपमा आएको छ । लेखकका कलमले यस्तै कृति पस्कँदै जाओस् भन्ने कामना गर्दछु ।
- नारायणप्रसाद तिमिल्सेना

पत्नी वियोगको वेदना बोकेको दैलेखी लोकलयात्मक काव्य रुप्स्या साइको नासो दैलेखी माटोबाट सुखको सानो झिल्कोको आशामा भारतका हिमाञ्चल र उत्तराञ्चल प्रदेशका बाटाहरुमा तरतरी पसिना चुहाउन बाध्य कालापहाडेहरुको कारूणिक वियोगान्त कथा हो ।
- ओम रिजाल

All Editions

9789937089043
Paperback
ISBN13: 9789937089043
Shibashakti Shreebidyapith

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review