Paperback

Rs 375

Delivery in 1-3 days

किशोरावस्थाका केटाकेटी अस्थिरता, चञ्चलता, जिज्ञासा, नैराश्यता, हीनताबोध आदि अनेक समस्याबाट आक्रान्त हुन्छन् । त्यसका कारण उनीहरू अनेक किसिमका दुर्व्यवहारमा पर्ने जोखिम उच्च हुन्छ । तिनीहरूलाई यस परिस्थितिबाट जोगाउनु र समस्याबाट विचलित नभई समाधान गर्न सघाउनु माया गर्ने मान्छेको कर्तव्य हो । अभिभावक र शिक्षकको सामीप्यमा रहने सबैले तिनका विषयमा बुझ्ने प्रयास गर्नु र आ-आफ्ना ठाउँबाट सहयोग र संरक्षकत्व प्रदान गर्नु अति आवश्यक हुन्छ । यो पुस्तकले सबै वर्गलाई यसै कुराको अनुभूति दिलाउँछ ।
अधिकांश केटाकेटीलाई किशोरावस्थाका बारे सही र आवश्यक ज्ञान हुँदैन । समाजमा विद्यमान परम्परागत सोचका कारण उनीहरू तनाव र समस्यामा परेका हुन्छन् । एकातिर जताततै समस्या र अर्कातिर कहीं कतैबाट त्यसको समाधान पाउन नसक्नुका कारण कहिलेकाहीँ किशोरकिशोरीले गलत निर्णय गर्न पुग्छन् । ‘रूबी’ले किशोरावस्थाका केटाकेटीलाई आफूसामु आइपरेको समस्या झेल्न नसकी गलत निर्णय लिने परिस्थितिबाट बच्न सकिने सोचमा पुयाउन सघाउनेछ ।
यस पुस्तकको लक्षित समूह १३ देखि १८ वर्षका किशोरकिशोरी हुन् । पुस्तक केटाकेटीका अभिभावकलाई समेत रोचक र जानकारीमुलक हुनेछ ।

All Editions

Paperback
Sangri-La Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review