Rato Nadi's front cover

Rato Nadi

रातो नदी

Paperback

Currently not available.

Request this book

पुस्तकको बारेमा

कवि जुनू रानाका कविताहरू नारी अस्मिता, नारी अस्तित्व र नारी विद्रोहका गगनभेदी आवाजहरू हुन् । मानवता र आदर्श समाज निर्माणका पक्षमा रचना गरिएका सुन्दर उद्गारहरू हुन् । समाजका यावत उबडखाबडहरूलाई सम्म बनाउन र सदियौँदेखि व्याप्त विसङ्गतिका पुरातन पर्खालहरू भत्काउन तयार पारिएका काव्यिक क्षेप्यास्त्रहरू हुन् । कविताकृति ‘रातो नदी’ विद्रोहको विम्ब हो ।

शशी लुमुम्बू

जुनू रानाका कविताहरू समाजमा विद्यमान बेथिति, अन्याय र अत्याचारका विरुद्धमा एक्लै उभिएर प्रतिकार गरिरहेको विद्रोही चेत हो, निस्पट्ट अँध्यारोबिच पर कतै देखिएको दियोको प्रकाश जस्तो । कविले लेख्ने भनेकै आफ्ना अनुभूतिहरूलाई हो, जसलाई उसले भोगेर आयो, बाँचेर आयो । रातो नदी कविताकृतिभित्र समाविष्ट जुनूजीका कविताहरूले यिनै संवेदनाहरूलाई जीवन्त रूपमा अभिव्यक्त गरेका छन् ।

All Editions

Paperback
Ratna Pustak Bhandar

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review