E-book

Rs 275

Paperback

Rs 550

Delivery in 1-3 days

Hardcover

Rs 850

Delivery in 1-3 days

पुस्तकको बारेमा

* पहिलो परीक्षा नियन्त्रक को थिए ? उनको नियुक्तिको दस्तावेज देख्नुभएको छ ? उनलाई किन पदबाट हटाइयो ? 
* एसएलसीकि पहिलो सहभागी महिला को थिइन् ? उनको मार्क लेजरमा नाम देख्नुभएको छ ?
* चन्द्रशमशेरको निधनपछि उनको दराजबाट के गोप्य लेखोट फेला पारिएको थियो ? त्यसमा ककसलाई पढाउन भनिएको थियो ?
* पाठशालाहरु धमाधम खोल्न थालेकाले लखेटिएका देवशमशेरलाई चन्द्रशमशेरले के कारणले धपाउनु परेको भनी पत्र लेखेका थिए ?

वि.स. १९१० बाट अंग्रेजी शिक्षाको औपचारिक थालनी भयो । राणाकालको १०४ वर्षको अवधिमा झाङ्गिएको शिक्षाको विकासक्रमका बारेमा खोजमुलक तथा ऐतिहासिक सामग्री सहितको यस पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन् ।

यस पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएका छन् र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुनेछ ।

पछिल्लो बाहिरी पृष्ठबाट

राणाकालीन शिक्षा– राणा शासनका अवधिमा झाङ्गिएको शिक्षा ‘राणाकालीन शिक्षा’बाट परिचित छ । प्रधानमन्त्री तथा श्री ३ महाराज जङ्गबहादुर राणाले दरबारभित्र सुरु गरेको निजी शिक्षा देशभरि विस्तार हुन सक्यो । तर त्यसका लागि समय लाग्यो– लामो समय । यो अवधिमा शिक्षाका विधि, तौरतरिका र प्रणालीले पनि राम्रैसँग मौलाउने अवसर पाए । मुख्यतः बेलायतका शासकले भारतमा जुन शिक्षाको बीउ रोपे, त्यसको फल नेपालसम्म आइपुग्यो । अब जनतालाई शिक्षाबाट बञ्चित गरिएमा हाम्रा सुखद दिन धेरै रहने छैनन् भन्ने शासकका मुटुमा परिसकेको थियो । राणा शासकले राणा परिवारलाई नै चार भञ्ज्याङ्गभित्र टिकाउनुपर्ने पनि स्वार्थ थियो । घटना क्रमले शिक्षाले हुर्किने अवसर पायो । र, १०४ वर्षको अवधिमा शिक्षाको लामै फेहरिस्त तयार हुनसक्यो । त्यो समयको शिक्षाको कौतुहल र जिज्ञाशालाई यस पुस्तकले मेटाउने प्रयास गरेको छ । सरकारी लिखत नै पुस्तकमा समावेश गरिएकाले हालसम्म नाम तथा मितिमा देखिएका कतिपय त्रुटि अब सच्चिने छ र शिक्षा इतिहासमा नयाँ तथ्य कायम हुनेछ । 

All Editions

9789937094689
Paperback, 1st Edition
ISBN13: 9789937094689
Edusanjal, 2021
9789937094900
Hardcover, 1st Edition
ISBN13: 9789937094900
Edusanjal, 2021