Raipali Bhanjyang
Raipali BhanjyangRaipali Bhanjyang

Raipali Bhanjyang

राइपाली भन्ज्याङ

Paperback
Rs 500
Genre:Novels
Language : Nepali
Published: September 21, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937790048
ISBN10:9937790042
Weight:218 g

पछिल्लो बाहिरी पृष्ठबाट

राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो । समाज र सङ्घर्षको कथा हो । र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो ।

यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे । तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे । सवारी गुड्ने सडक हुँदैनथे । तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे । घैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथे । अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे ।

अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिँदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पुऱ्याउनेछ । र खोतल्नेछ- यादका गुन्टाहरू । अनि आउनेछन् स्मृतिमा बाल्यकालका कैयौं नादानीहरू, बैंसालु उमेरका बदमासीहरू ।