Currently not available.
Contact us for further queries.रहर लागेर हेर्दा
लेख्नु पनि एउटा रहर हो - रहरै भन्नुपर्छ। अरू रहर गर्ने औकात पनि त चाहिन्छ। खै हैसियत, खै त्यस्तो हुती र सामर्थ्य, खै त्यति ठूलो छाती, र हामी रहर गरी हिडम्?
तर रहर नगरीकन मान्छे बस्न सक्तो रहेनछ। रहर गर्ने बानी नभइदिएको भए यो जीवन र अनि संसारै क्या बिरसिलो हुन्थ्यो होला! यसकारण भन्नुपर्छ मान्छे एउटा रहर हो प्रत्येक आमा र बाबुको रहरै रहरले बनेको सन्तान । मान्छेले गर्ने वा गरेका कामहरू पनि एकौटा रहर हुन् । यी चाडबाड र जात्रा पर्वहरू, रोमको अग्निदाह र सूक्तिसिन्धु, हिरोशिमामा अणुबमको विस्फोट र चिसो चुल्हो सब रहर । वाँच्नु रहर, अनि बाँच्न मन नपराएर मृत्यु रोज्नु ( आत्महत्या ?) पनि एउटा रहर ।
।
मान्छे ठान्छन् सबैभन्दा सस्तो, किफायती, थोरै लागतमा हुन सक्ने रहर लेख्नु नै हो । यसको लागि कुनै पनि सर्टिफिकेट चाहिन्न - न उमेरको हद, न योग्यताको विज्ञापन, न कसैको सिफारिश। यतापट्टि आकर्षित हुनाको कारण यही हुन सक्छ । तर लेख्नु पनि एउटा मूख्याई होइन र ?- विनासित्तै चिढाऊ अथवा बसिबियालो गर गनथनै गनथन लेखेर । हैनभने न भात पाक्छ न सिन्को भाँचिन्छ । क्यै सीप लागेन भने भाँचेको मनलाई चित्त बुझाउने वा विष वमन गर्ने काममाबाहेक यसको उपयोग के भएको छ र । अवकाश प्राप्त जीवनको हरिभजन जस्तो लाग्छ । मानूँ हामी पनि (उमेरले होइन) निस्सारताको जीवन भोगिरहेका छौं र अर्थहीन समयको सहचरी हो साहित्य, त्यसैले रमाइलो गर्न भजनमण्डलीको सदस्य झैं भोखा हालिरहेका छौं वा असंतोष ओक्लिरहेका छौं रहर मानेर ।
अधिकारीज्यूले पनि रहर गर्नुभो - लेख्ने रहर, भजन होइन । 'रहर लागेर'ले यसै भन्छ । यसमा प्रेम छ, भक्ति छ, बिराग छ अथवा यसो भनूँ रोम्याण्टिक, देशप्रेम र विवशता- यो नै हो 'रहर लागेर' को अनुहार ।
प्रेम शाश्वत वस्तु हो तर रोम्यान्टिशिज्म होइन । रोम्यान्टिशिज्मबाट नेपालीहरू पन्छिनसकेको हुनाले हाम्रो कविता पनि त्यस भासबाट मुक्त भइसकेको छैन ।
देशप्रेम सचेत नागरिकको कर्तव्यनिष्ठता हो; अर्थात् यो एउटा भावात्मक तर सर्वसाधारणलाई छुने र डोयाउने साधन हो । यसको उपयोगमा राष्ट्र उठछ, रित्तिदा मर्छ पनि र अनि जताततै यसको उपयोग साधनकै रूपमा भइरहेकोले यसैको नाममा शोषण र दोहन वा मानिसको अस्तित्व नमान्ने व्यवहार पनि बेहोरिन जाँदा यस शब्दको परम्परागत अर्थ मासिएर विश्वास गर्न अनकनाइसके। (अविकसित देशका मानिसहरू बढी आशावादी हुन्छन क्यार) त्यसकै फेद समाएर यस अवनतिरूपी वतरणी तर्न बल गर्छौ । नगरेर पनि के पो गर्नु- वाध्यता यो आफ्नै दायित्वबोधको ।
विवशता जन्माइन्छ, अनि गएर आफै आफ पनि त्यो जन्मन थाल्छ । जब यो आफै जन्मन सक्ने स्थितिको निर्माण हुन्छ, अनि 'बाँच्नु पनि कति ठूलो बाध्यता' को निष्कर्ष निकाल्न थाल्छन् । आशा र आकांक्षाहरू चुडिएपछि, उसले ठानेको सत्य विकृत रूपले ढलेपछि या आफै आफ्नो निर्माणको दायित्वबाट रित्तिएको जीवन भोग्न विवश भएपछि उसको विश्वास र आस्थामा उत्पन्न हुने पैरोबाट संपूर्ण जीवन शंकाकुल र त्यही भोग्न बाध्य मान्छे आफ्ना यिनै विवशतासित जुध्न थाल्छ । अहिलेकाहरूको संघर्ष विवशताको विरुद्ध ठान्छु र उनीहरूको अभिव्यक्ति यसैबाट आहत ।
जीवनका यस्ता कतिपय कुराहरूमा अधिकारीज्यूले आफूलाई ढाँटनुभएको छैन। कहिले देशप्रति नागरिकको कर्त्तव्यबोधले यसका कविलाई समाउन पुग्छ र विभिन्न अभियानको भेलमा जोशिएर बगेको देखिन्छन्; कहिले साँगुरो सीमामा बाँधिएको बाध्यताबाट निस्सासिन्छन् र सशंकित हुन्छन । यी दुबै एक अर्कोको विरोध गर्छन् तर दुबैले कविलाई छाडेको छन । यसकारण कर्मठता र विव- शताको मोह र अनुभूतिको साझा स्वरूपनै अधिकारीज्यूको रहर हो ।
सारै सरस र सरल शैली, कोमल तर मार्मिक कथनहरूले यसका कवितालाई निकै चहकिलो र घतलाग्दो तुल्याइदिएका छन् । ठाउँ–ठाउँका उपमाउपमेयहरू र भनाइको केही विशिष्टताले जलप चढाए जस्तो लाग्छ । क्षेत्रप्रताप अधिकारी- ज्यूलाई अघि सार्नुपर्यो भने म यी कविताहरू बिसाउँछु यो हिमालय पनि कस्तो, हिजोको छोरो र भोलिको भएर, पेण्डिङ्ग फाइल एउटा द्विविधा, सीमाभित्र केही असी- बाबु मताहरू, उकाला छन् जीवनका गोरेटाहरू, लाहुरेको जर्सी पनि फाटिसक्यो, क्षितिज भैसकेको वर्तमान इत्यादि । स्वतः स्फूर्त भावको हलुङ्गो यान चढी सजिलैसित जीवनको वास्त- विकता भित्र छिपे जस्तो हामीभित्र पनि कविको सृष्टि र कवि आफै घाम जस्तो छर्लङ्ग हुन्छन् ।
३० कात्तिक २०२४
कृष्णचन्द्रसिंह प्रधान
ताहाचल
Your review helps others make informed decisions
Click on a star to start your review