Delivery in 1-3 days
मृत्यु निकै ज्याद्रो हुँदोरहेछ । कसैलाई लाख प्रयत्न गरेपनि बचाउन सकिँदैन, कसैले लाख लापरवाही गरेपनि मृत्युले बिर्सिन्छ । मृत्युको त आफ्नै नियम छ तर एक्लोपनको कुनै नियम नहुँदो रहेछ । म सिर्जनामा लागेको मान्छे, मलाई एकान्त प्रिय लाग्थ्यो । गम्भीर बिरामी भएपछि त्यही एकान्त भयानक त्रासदी भयो । मनका भावना कुनै पनि माध्यमबाट विरेचन गर्न नसक्दा उकुसमुकस हुँदोरहेछ | सुई लगाउने नर्स आउँदा सुईको दुखाइभन्दा केही क्षणको साथले मन पुष्पित हुन्थ्यो । सफाइकर्मीदेखि विशेषज्ञ आउँदा म एक्लो छैन भन्ने भाव उत्पन्न हुन्थ्यो । ती साथ केवल पानीका फोकाजस्ता हुन्थे | उनीहरू आफ्नो काम गरेर जान्थे, मलाई एकान्त र एक्लोपनको उपहार दिएर ।
कोभिडको महामारी त सबैले सुने तर योसँगै आएको एक्लोपनको महामारी कसले बुझ्ने ? एक्लोपन कुनै शारीरिक रोगभन्दा धेरै पीडादायी हुन्छ भनेर कसले उपचार गर्ने ?
Your review helps others make informed decisions
Click on a star to start your review