Prasnaharu Ta Baki Nai Rahanchhan's front cover
Prasnaharu Ta Baki Nai Rahanchhan's front coverPrasnaharu Ta Baki Nai Rahanchhan's back cover

Prasnaharu Ta Baki Nai Rahanchhan

प्रश्नहरू त बाँकी नै रहन्छन्
Paperback
Rs 575
Genre:Literature/Essays
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937963770
ISBN10:993796377X
Pages:160
Dimensions:5.1 x 7.9 x 0.4 inches
Weight:160 g
Published: March 15, 2024

पुस्तकको बारेमा

आफ्नो पहिलो निबन्ध-सङ्ग्रह ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ मोमिलाको एउटा बलियो आस्तित्विक प्रस्तावना थियो जसमा उनले जिन्दगी, अस्तित्व र ईश्वरलाई एकैचोटि अनगिन्ती प्रश्नहरूको कुरुक्षेत्रमा खडा गरेकी थिइन् । अनिर्णित समयको प्रवाहमा निर्णयात्मक उत्तरहरूको खोजी आफैमा एउटा विसङ्गतिपूर्ण अभ्यास हो, दुस्साहस हो । यस कुराको बोध निबन्धकार मोमिलालाई त्यसै बेला भएको हुनुपर्छ । विसङ्गत उत्तरहरूको खोजीमा भन्दा अझ सङ्गीन प्रश्नहरूको निर्माणमा जिन्दगीको अर्थ बढी खुल्छ भन्ने उनको विश्वास छ । यो विश्वास ‘प्रश्नहरू त बाँकी नै रहन्छन्…’ मा एउटा अस्तित्व-उत्सव बनेर फक्रिएको छ । प्रश्नको परिधि मानवअस्तित्वबाट अझ विस्तारित हुँदै ईश्वरीय सत्ता र सृष्टिको परिधिभन्दा पनि परसम्म फैलिएको छ । प्रश्नहरूको यसै निस्सीम फैलावटमा मोमिलाका निबन्धहरू नृत्यमग्न भेटिन्छन् । यी आत्मपरक ललित निबन्धहरूमा दर्शनको उपल्लो उद्वेग छ र भाषामा कविताको लयात्मक झङ्कार छ । समकालीन नेपाली निबन्धको आकाशमा यस कृतिको एउटा छुट्टै र विशिष्ट अस्तित्व रहने छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

इतिहास त समय हो, बगिरहन्छ; स्मृति हो, तरङ्गिन्छ र तरङ्गित लहर बार-बार मान्छेको चेतनालाई स्पर्श गरेर जान्छ । यसरी इतिहासद्वारा छोइन्छ मान्छे, झङ्कृत हुन्छ र प्रेम या घृणा जे भए नि सङ्गीतमय बन्दछ । नत्र त आठै प्रहर लहरको स्पर्शित नियति पाएको मूकदर्शक बगर र मान्छेमा के भिन्नता रहन्थ्यो र !
अस्वीकृत ग्रहण नै सही, ओ मेरो छाया ! प्रकृति-धर्मअनुसार नै म तिम्रो जीवन चाहन्छु यसैले कि तिम्रो समाप्ति भन्नु नै तत्क्षण मेरो उज्यालो अस्तित्वको विघटन पनि त हो नि !
- मेरै छायाको विद्रोह र अस्वीकृत ग्रहण

आफ्नो पहिलो निबन्ध - सङ्ग्रह 'ईश्वरको अदालतमा आउटसाइडरको बयान' मोमिलाको एउटा बलियो आस्तित्विक प्रस्तावना थियो जसमा उनले जिन्दगी, अस्तित्व र ईश्वरलाई एकैचोटि अनगिन्ती प्रश्नहरूको कुरुक्षेत्रमा खडा गरेकी थिइन् । अनिर्णित समयको प्रवाहमा निर्णयात्मक उत्तरहरूको खोजी आफैमा एउटा विसङ्गतिपूर्ण अभ्यास हो, दुस्साहस हो । यस कुराको बोध निबन्धकार मोमिलालाई त्यसै बेला भएको हुनुपर्छ । विसङ्गत उत्तरहरूको खोजीमा भन्दा अझ सङ्गीन प्रश्नहरूको निर्माणमा जिन्दगीको अर्थ बढी खुल्छ भन्ने उनको विश्वास छ । यो विश्वास 'प्रश्नहरू त बाँकी नै रहन्छन्...' मा एउटा अस्तित्व-उत्सव बनेर फक्रिएको छ । प्रश्नको परिधि मानवअस्तित्वबाट अझ विस्तारित हुँदै ईश्वरीय सत्ता र सृष्टिको परिधिभन्दा पनि परसम्म फैलिएको छ । प्रश्नहरूको यसै निस्सीम फैलावटमा मोमिलाका निबन्धहरू नृत्यमग्न भेटिन्छन् । यी आत्मपरक ललित निबन्धहरूमा दर्शनको उपल्लो उद्वेग छ र भाषामा कविताको लयात्मक झङ्कार छ । समकालीन नेपाली निबन्धको आकाशमा यस कृतिको एउटा छुट्टै र विशिष्ट अस्तित्व रहने छ ।