Delivery in 1-3 days
वि.सं. २०१३ असारमा चैनपुर, संखुवासभामा जन्मनुभएका रमेश ढुङ्गेल नेपाल, तिब्बत र हिमाली क्षेत्रको इतिहास र संस्कृतिका अनुशासित अन्वेषक हुनुहुन्छ । ढुङ्गेलले कोलम्बिया युनिभर्सिटी, न्यूयोर्कबाट एशियाली भाषा तथा संस्कृति विषयमा एम.ए., एम.फिल. र पिएच.डि. गर्नुभएको छ । संस्कृत, तिब्बतीलगायत भाषामा दख्खल राख्ने ढुङ्गेलले
विगत ४ दशकभन्दा अधिकदेखि नेपालका त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय तथा युनिभर्सिटी अफ् लण्डन (सोआस्) लगायत विदेशका विश्वविद्यालयमा समेत अध्यापन र अनुसन्धानको काम गर्नुभएको छ ।
७ वटा पुस्तक र ३०० भन्दा धेरै अनुसन्धानात्मक लेख-रचना पाठकमाझ ल्यासकेका ढुङ्गेल आफ्नो विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत ख्यातिप्राप्त र अनेकौँ प्रतिष्ठित पदक, सम्मान तथा विद्वत्त्-वृत्ति प्राप्त हुनुहुन्छ ।
प्राचीन नेपालको धार्मिक अवस्थाको बारेमा पनि धेरै जानकारी लिच्छवि मुद्राबाट मिल्दछ । जस्तो त्यस कालमा शाक्त सम्प्रदायको विकास भएको कुरा मुद्रामा देखिएका देवीप्रतिमा तथा सिंहाकृतिले स्पष्ट्याएको छ । त्यसै गरी वृष, त्रिशूल आदिले शैव सम्प्रदायको विकासको विषयमा जानकारी हुन्छ । इन्द्रपूजन तथा बुद्धधर्मको बारेमा पनि मुद्राबाट थोरबहुत संकेत मिल्दछ । त्यस्तै माथि उल्लिखित अरू विभिन्न मुद्राका कलाकृतिहरूबाट लिच्छवि समाजमा विभिन्न धर्महरू फस्टाएका थिए भन्ने कुरा जान्न सकिन्छ । धार्मिक सहिष्णुता नेपालमा प्राचीनकालदेखि नै अक्षुण्ण रहेको कुरा मुद्राको अध्ययनबाट राम्रोसँग खुलेको छ । मानाङ्ग मुद्रादेखि नै देवीदेवताप्रति तात्कालिक समाज र राजामहाराजाको व्यापक निष्ठा भएको कुरा स्पष्ट झल्कन्छ । मानाङ्क मुद्रामा देवी तथा सिंह; वैश्रवण मुद्रामा कामधेनु (लक्ष्मी), कुवेरः गुणाङ्क मुद्रामा देवी, हात्ती; श्रयंशु मुद्रामा सिंह, कामधेनु, सूर्य; जिष्णुगुप्तको मुद्रामा घोडा आदि र पशुपति र वृष मुद्रामा विविध देवीदेवताका मूर्ति र धर्मसँग सम्बन्धित चित्रले त्यस युगको धार्मिक अवस्थाको राम्रो जानकारी हुन्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review