Paperback

Rs 798

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ ।

र सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा | बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरूको कथा । र 'पोस्टकार्ड युग'को रोमाञ्चक गाथा ।

अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाजको एउटा जटिल पाटोलाई बुद्धिसागरले यो पुस्तकमा उधिन्ने कोसिस गरेका छन् । हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । जीवनमा स्मृतिको महत्त्व कति हुन्छ भन्ने पनि दर्साएका छन् ।

All Editions

9789937746793
Paperback
ISBN13: 9789937746793
FinePrint, 2015

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review