Pembako Swarga's front cover
Pembako Swarga's front coverPembako Swarga's back cover

Pembako Swarga

पेम्बाको स्वर्ग
Paperback
Rs 595
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937793292
ISBN10:9937793297
Published: June 26, 2024

पुस्तकको बारेमा

लेखक केनी पाण्डेको जन्म नेपालमै भएको हो । नेपाल वायुसेवा निगम, फ्रान्सेली वायुसेवा र अमेरिकन एक्सप्रेससँगको सम्बद्धताताका नेपाललाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहकार्यको समयमा तीन पटक संसारभर भ्रमण गर्ने अवसर पाउनुभयो । उहाँको भ्रमणका बेला युरोपको इतिहास, संस्कृति, कला र सांस्कृतिक परम्पराहरू- विशेषगरी फ्रान्सेली, रोमन र ग्रीक विश्व सम्पदाका विशिष्टतः नमूनाहरूको गहिरो ज्ञान हासिल गर्नुभयो । सन्तानको शिक्षा र स्तरीय जीवनको खोजीमा उहाँ सन् १९८१ मा अमेरिका पुग्नुभयो । कडा परिश्रम, कठोर सङ्घर्ष र बलियो इच्छाशक्तिका कारण उहाँले आफ्नो लक्ष्य प्राप्त गर्नुभयो । अहिले उहाँ फ्लोरिडामा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ |
यो उपन्यास मूलतः नेपाली र अमेरिकी संस्कृतिमा हुर्केका युवायुवतीबीचको प्रेम र सांस्कृतिक भिन्नताको कहानी हो | उपन्यासको नायक पेम्बा आफू जन्मे हुर्केको ठाउँ नेपालको दुर्गम हिमाली भेगलाई स्वर्ग मान्छ । तर, जब अमेरिकी समाजबारे सुन्छ, बुझ्छ, उसलाई अमेरिका पो स्वर्ग रहेछ भन्ने लाग्छ र अनेक बाधाव्यवधान चिर्दै अमेरिका पुग्छ । त्यस समाजको खानपान, भाषा, सामाजिक र सांस्कृतिक पक्ष बुझ्दै र भोग्दै जाँदा उसलाई गहन सांस्कृतिक झट्का लाग्छ । यसले उसलाई विषादमा पुऱ्याउँछ | त्यसबाट उम्कन अमेरिकामा बसेर पनि मुक्तिका लागि तपस्यारत वैदिक ऋषि र बौद्ध भिक्षुको झलक दिने एमिश समुदायको शरणमा पुग्छ र उनीहरूको सहयोगले विषादबाट निस्कन सफल हुन्छ ।
उपन्यासकी नायिका लिन्डा अमेरिकामा हुर्के-बढेकी छ । उसलाई अमेरिका प्यारो छ तर नेपालको पैदलयात्राका क्रममा यहाँको प्राकृतिक सुन्दरता, मानिसको व्यवहार र सांस्कृतिक वैभव देखेपछि अमेरिकाभन्दा नेपाल पो स्वर्ग रहेछ भन्ने लाग्छ | पेम्बालाई मन पराउँछे, विवाह गर्छे र अमेरिका लैजान्छे । जब उसको जीवन पेम्बाको जीवनशैलीसँग बेमेल हुन्छ पेम्बासँग पारपाचुके गर्छे र मनोरञ्जनको क्षेत्रमा प्रवेश गर्छे । यति हुँदा पनि ऊ नेपाललाई भने स्वर्गै मान्छे ।
यी दुई पात्रले देखेसुनेको र भोगेको 'स्वर्गको अर्को पाटो'लाई यस उपन्यासमा ज्यादै सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । देखेको स्वर्ग र भोगेको स्वर्गबीचको यही द्वन्द्वात्मक चित्रणले उपन्यासलाई जीवन्त, चाखलाग्दो र सशक्त बनाएको छ । अमेरिकी र नेपाली समाजको सांस्कृतिक भिन्नताको बृहत् चित्रण हेर्दा यसलाई एक उत्कृष्ट सांस्कृतिक उपन्यास भन्न सकिन्छ ।
पहिलो पटक अङ्ग्रेजी भाषामा लेखिएको यो उपन्यास एसियाली र अमेरिकी संस्कृतिको वैभवशाली सम्मिश्रण हो । लेखक पाण्डेले एसिया र संसारका विभिन्न भागहरूको भ्रमणमा बिताएका अगिल्ला सैंतीस वर्ष र अमेरिकी समाजमा बिताएका पछिल्ला चौँतीस वर्षका भोगाइ र अनुभवको निचोडका रूपमा प्रस्तुत कृति यहाँहरूसमक्ष प्रस्तुत छ ।