Delivery in 1-3 days
यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ ।
यस पुस्तक 'पाठशाला' ले अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने 'उत्कृष्ट उपन्यास पुरस्कार' प्राप्त गरेको थियो ।
Pathshala is a story of a teenager told in his own voice. The book tells the story of an urban teenager and encapsulates the elements of his social life—friends, family, school. It is a straightforward story that puts light on what it is like to be an adolescent growing up in the city, and the ups and downs that accompany the age. Even though adolescence is one of the most important phases in a human’s life, there have only been a few works that explore it.
सूचना !
यस विद्यालयका भूतपूर्व छात्र श्री गगन थापा मानसिकरूपले अस्वस्थ रहेको जानकारी हामीलाई आएको छ । प्रारम्भमा मेधावी बालकको रूपमा उदाएका गगनको प्रगति बिस्तारै खस्किँदै गएको तथ्य रिकर्डहरूले बताउँछन् । तत्कालीन विद्यालय प्रशासनबाट एकाधपटक प्रताडित भएको जस्तो लाग्ने गगन थापाको व्यवहारचाहिँ असल थियो भनेर दावी गर्ने स्थान उनले छोडेनन् । यसको अर्थ उनी बदमास र नालायक थिए भन्ने चाहिँ हैन । सहपाठीहरूमाझ मिलनसार भए पनि एउटा अपरिभाषित कम्प्लेक्स बोकेर उनी विद्यालयबाट बिदा भएका थिए । बहुमुखी रूचिका मालिक, भविष्यमा केही बन्ने ठानिएको उनको प्रतिकूल स्वास्थ्यप्रति हाम्रो सत्य, हार्दिक र गहिरो सहानुभूति छ । निजको शीघ्र स्वास्थ्यलाभको कामनाको लागि यो सार्वजनिक सूचना गरिएको छ !
- प्रिन्सिपल
न्यू हार्फोर्ड मोर्डन इङ्लिस स्कुल
माटेपानी-१२, पोखरा
Your review helps others make informed decisions
Click on a star to start your review