Currently not available.
Contact us for further queries.परदेशी (लाहुरे)को प्रेमकहानी (लभस्टोरी)मा आधारित उपन्यास २६४ पृष्ठकाे छ। उपन्यासमा प्रविन र अनु राईलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
पयारिलो कालो कुहिराले गम्ला ढाकिएको चिसो दिन थियो। काश्मीरको कोहिरा भन्ने ठाउँको साँगुरो पहाडी सडकमा झरी पर्नु अगाडिको शून्यता र रडहीनता फैलिएको थियो । अचानक दर्के झरी र असिना वर्से भै चारैतिरबाट एलएमजी र एके-४७ राइफलको गोलीको बर्सात हुन थाल्यो ।
चैत वैशाखको हुरीबतासबाट बच्न रुप्पी चराहरू नजिकैको रूखका टोड्का वा बाँसका भातिर लुक्न हुर्रिएर गर तालिम प्राप्त सैनिकहरू दुस्मनको तातो गोलीबाट बच्न आर्मी बसको पछिल्लो पछिल्लो भागतिर निहुँरिंदै कुदे ।
म पनि दुस्मनको गोलीबाट बच्न उसैगरी दौड़ें। तर भन्छन्- "हुनेहार दैव नटार" छलिँदा छलिँदै दुस्मनको बन्दुकको मुजुलबाट निस्केको तातो गोलीले मेरो दाहिने पातामा ड्याम्मै लागिहाल्यो ।
हिउँदभरि सुकेर बसेको खहरे वर्षायाम लानासाथ मूल फुटेर भल बगेसरी मेरो गाताबाट तातो रगतको भल बग्यो । चारैतिर कानै टट्टाउने गोलीको आवाज गुन्जिइरहेको थियो...
Your review helps others make informed decisions
Click on a star to start your review