E-book

Rs 175

Paperback

Rs 525

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

कवि दिनेश अधिकारी जीवनका विसङ्गत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्, शब्दका जादुगर हुन् । नाम छोपेर पढे पनि उनका कविताको आत्मगत सौन्दर्यले सम्मोहित पारिरहन्छ र उनको काव्यिक अस्तित्वले स्वतः पाठकको मनमस्तिष्कमा उच्च आसन ग्रहण गरिसकेको हुन्छ|
-मोमिला, कवि
कवि दिनेश अधिकारी विचारको जगमा उभिएर विवेकको तहमा संवेदनाको साधारणीकरण गर्छन् । सरल प्रवाहमा पनि जटिल हुनु र जटिल कथ्यलाई पनि सरल सम्प्रेषण गर्न सक्नुको बीचमा उनले उठाउने समसामयिकता खास अर्थमा समयको सघन स्वर हो । वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने उनको अतिरिक्त सामर्थ्य उनकै पुस्ताबाट उनलाई अलग बनाउने काव्यिक क्षमता पनि हो र हामीजस्ता भाइबहिनी पुस्ताका लागि कविता पढ्ने पाठशाला पनि|
-नवराज लम्साल

All Editions

9789937968287
Paperback
ISBN13: 9789937968287
Publication Nepalaya, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review