Genre: | Poetry |
---|---|
Language: | Nepali |
Audiobook | |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937953054 |
ISBN10: | 9937953057 |
Pages: | 160 |
Dimensions: | 5.06 x 7.81 x 0.37 inches |
Weight: | 164 g |
Published: | April 28, 2023 |
Edition: | 1 |
महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो ।
"आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो 'ओ पेङ्दोर्जे !' ।"
- मञ्जुश्री थापा