New Zealand ma Pahilo Nepali

New Zealand ma Pahilo Nepali

न्युजिलायण्डमा पहिलो नेपाली: यात्रा संस्मरण

Paperback
Rs 270 Rs 300
Genre:Travelogue
Language: Nepali
Edition:3rd
Paperback
Origin:Nepal
ISBN13:9789937807609
ISBN10:9937807603
Pages:194
Weight:125 g

पुस्तकको बारेमा

विक्रम सम्बत् २०१० सालमा तथ्याङ्क विभागको अधिकृतका रूपमा न्युजिल्याण्डमा तालीम लिन जाँदा आफुले अनुभव गरेका कुरा समावेश गरेर श्री सत्यमोहन जोशीले लेख्नुभएको नियात्रासङ्ग्रह हो यो । यो कृति आजभन्दा ६६ वर्षअघिको यात्रामा आधारित भएर पनि धेरै वर्षसम्म अप्रकाशित नै रहेकाले यसको ऐतिहासिक महत्व बोध गरी २०४९ सालमा पहिलो संस्करण प्रकाशित गरिएको थियो । यसको माग बढ्दै जाँदा दोस्रो संस्करण २०६४ सालमा प्रकाशित भयो । वाङमय शताब्दीपुरुष श्री जोशी २०७६ बैशाख ३० गते आफ्नो जीवनको गौरवमय १००औं वर्षमा प्रवेश गर्नुभएसँगै साहित्यानुरागीहरूलगायत त्यस देशका बारेमा चासो राख्ने सम्पूर्ण पाठकवर्गबाट यस कृतिको अत्याधिक माग भएकाले दुर्लभ भइसकेको यस कृतिको तेस्रो संस्करण उत्कृष्ट प्रकाशनले हाल बजारमा ल्याएको हो ।   

यो कृति नेपाली यात्रासाहित्यको एउटा नमुना हो । संस्कृतिविदका रूपमा सबैले चिनेका वाङमय शताब्दीपुरुष श्री जोशीको कलम यस विधामा पनि उत्तिकै सशक्त रहेको छ । यस नियात्रासङ्ग्रहका रचनाहरू अनुभूतिपरक छन् । भाषा मन छुने खालको छ । न्युजिल्याण्ड बारेका ऐतिहासिक तथ्य र प्राकृतिक सुन्दरताको वर्णनको राम्रो सम्मिश्रणले यो कृति वस्तुपरक र सरल  छ । त्यस देशको भ्रमणबारे लेखिएको यो पहिलो पुस्तक भएकाले यसको विशेष ऐतिहासिक महत्व रहेको छ । कृतिमा पूर्वीय दर्शन र अनेकौं आध्यात्मिक कुरा पनि यथेष्ट मात्रामा समावेश हुँदा तिनले यसको आध्यात्मिक महत्व पनि उत्तिकै बढाएका छन् । 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode