Nepalko Prajatantrik Aandolanka Bir Yoddaharu
Nepalko Prajatantrik Aandolanka Bir YoddaharuNepalko Prajatantrik Aandolanka Bir Yoddaharu

Nepalko Prajatantrik Aandolanka Bir Yoddaharu

नेपालको प्रजातान्त्रिक आन्दोलनका बीर योद्धाहरू

Paperback
Rs 1000
Genre:History
Language: Nepali
Published:January 02, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937069663
ISBN10:9937069661

पछिल्लो बाहिरी पृष्ठबाट

"मैले नेपाली काङ्ग्रेसको इतिहास लेख्नु धेरै आवश्यक थियो । अब सक्तिनँ र शैलजाले त्यो गर्दछे । उसले मेरा कुराहरू बुझेकी छ । म मरेपछि नेपाली काङ्ग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिने छ । नेपाली काङ्ग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ । मैले नेपाली काङ्ग्रेसमा सदैव सैद्धान्तिक र विषयगत। अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा, मेरा अडानका निरन्तरता छन् । हिन्दुस्तानको बारेमा, राजाको बारेमा र संसारको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधैं उल्लेख गर्ने गरेको छु ।

२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्यो । हामीलाई हिन्दुस्तानले। सञ्चालन गर्न खोजेको कुराको मैले सधैभरि र सबभन्दा बढी विरोध गरेको छु । मैले। राजालाई हमेसा महत्त्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुश शैलीको मैले सधैं र सबभन्दा बढी विरोध गरेको छु । मैले। हिन्दुस्तानमा बसेर सङ्गठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरें । राजासँग मेल मिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ । मेरा यी अडानहरूका बारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु ।

नेपाली काङ्ग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको सङ्घर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्छ । जुन दिन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्ने छ, यो निरर्थक भएर जानेछ । नेपाली काङ्ग्रेसलाई। उसको अग्रिम ऐतिहासिक भूमिकाको लागि मेरा दृष्टिकोणहरू अनुरूपको यसको इतिहास लेख्नु आवश्यक छ ।"

(विश्वेश्वरप्रसाद कोइराला, जेल जर्नल, पृष्ठ छ, ज)