Delivery in 1-3 days
आधुनिक नेपालको महिला आन्दोलन राजनीतिक परिवर्तनसँगै मिसिएर अगाडि बढेको छ । राजनीतिक र सामाजिक आन्दोलनबाटै आफ्ना मुद्दा र सवालहरू परिष्कृत एवम् परिमार्जित हुँदै आएका छन्, जसलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य र मान्यतासित सामञ्जस्य नरहेका कतिपय कानुनहरूको निरन्तरता अझै पनि कायमै रहेको छ । सार्वजनिक तथा निजी क्षेत्रमा महिलालाई असमान व्यवहार गर्ने लैगिक हिंसा र विभेदपूर्ण संवैधानिक व्यवस्था एवं कानुनहरू परिमार्जनका निम्ति सबै जिम्मेवार पक्षको ऐक्यबद्धताको खाँचो छ ।
Your review helps others make informed decisions
Click on a star to start your review