Delivery in 1-3 days
विभिन्न कालखण्ड र परिवेशमा आफ्नो जिम्मेवारी बहन गर्दा नेपालको कुटनीतिज्ञहरुले आर्जन गरेका मुल्यवान अनुभवहरुको महत्वपूर्ण दस्ताबेजीकरण हो । केदारभक्त माथेमा, डा. भेषबहादुर थापा, केदारभक्त श्रेष्ट, अर्जुननरसिंह राणा लगायत २० जना पुर्वराजदुतका अनुभव सङ्ग्रहीत विगत ५० बर्षको नेपाली कुटनीतिको सानो आँखीझ्याल हो ।
पुस्तकमा सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र र संघिय लोकतान्त्रिक गणतन्त्रकालका २० जना पूर्वराजदूतहरुको अनुभव समेटिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित यस पुस्तकमा पूर्वराजदूतहरुको परिचय, परराष्ट्रसेवामा उहाँहरुको संलग्नतासँगै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्रीहरुको सन्दर्भ जोडिएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review