Naya Muglan's front cover

Naya Muglan

नयाँ मुगलान
Naya Muglan's front coverNaya Muglan's back cover

Paperback

Rs 375

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

साहित्यकार गोविन्दराज भट्टराई सिर्जना, समालोचना र अनुवाद तीनोटै क्षेत्रमा र नेपाली एवम् अङ्ग्रेजी दुवै भाषामा उत्तिकै चर्चित सर्जकको नाम हो । आख्यानतर्फ २०३१ सालमा उनको मुगलान पहिलो उपन्यास कृतिको रूपमा प्रकाशित भएको थियो । समयक्रममा उनका मणिपुरको चिठी (२०३४), सुकरातका पाइला (२०६३) र सुकरातको डायरी (२०६८) प्रकाशित भए । समालोचना र सिद्धान्ततर्फ उनका काव्यिक आन्दोलनको परिचय (२०४९), पश्चिमी बसीका बाछिटा (२०६१), आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६१), उत्तरआधुनिक ऐना (२०६२), उत्तरआधुनिक विमर्श (२०६४), समयबोध र उत्तरआधुनिकता (२०६९), डायास्पोरा सिद्धान्त र समालोचना (२०७५) तथा पर्यासाहित्यः सिद्धान्त र सिर्जना (२०८०) प्रकाशित छन् । विविध कृतिका सर्जक, अनुवादक, सम्पादक, डा. भट्टराईका सत्तरी भन्दा बढी कृति प्रकाशित छन् । कविता, निबन्ध, नियात्रा एवम् अनुवादका क्षेत्रमा पनि उनको कद उत्तिकै अग्लो छ । उनी त्रिभुवन विश्लविद्यालयका अङ्ग्रेजी विषयका सेवानिवत्त प्राध्यापक हुन् ।
 

All Editions

9789937979047
Paperback
ISBN13: 9789937979047
Page Turner Pvt. Ltd, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review