Delivery in 1-3 days
Delivery in 1-3 days
From the authors:
Money raised will go towards educating deserving Nepali girls.
त्यही त। रहर छुनु त परको कुरा ।रहरै देख्न नपाएकी, सपनाको संसार कल्पनामै पनि टेक्न नपाएकी म उदाउँदा छोरी, नातिनी, पनातिनीहरू र आजका सबै छोरीहरू, उनीहरूलाई भन्न चाहन्छु, मजाले उदाउनू। कसैको हस्तक्षेपविना स्वतन्त्र भएर उदाउनु ताकि शरीर अस्ताउँदा पनि उदाइरहोस् तपाईंहरूको कर्म।
पवित्रा खत्री
यो कथा आम नेपाली आमाहरुको कथा हो। विवाहअघि आफ्ना आमाबुवाले, विवाहित रहुञ्जेल आफ्नो श्रीमान्ले अनि वृद्ध अवस्थामा सन्तानले निर्धारित गरिदिने परिधिमा बाँचेका तमाम नेपाली आमाहरु मेरी आमा जस्तै एकैसाथ विस्मित, चकित अनि दुखित छन्।
डा. श्याम केसी
आमाबुबालाई जिउँदो हुँदा विभिन्न तीर्थस्थल लग्ने, चौरासी पूजा, गौदान, तुलादान, जङ्क आदि र स्वर्गारोहण भएपछि सप्ताह, पुराण आदि लगाउने ने पाली समाजमा चलन छ। मेरो श्रीमान्ले चाहिँ मुवालाई उहाँको जीवनकालमा नै यो मुवाको कथा बोकेको पुस्तक निकालेर उपहार दिने विचार गर्नुभयो।
शशी केसी
यो किताब पढ्दा उहाँलाई भेटे झैं लाग्दछ। पवित्रा मुवाको यो किताब अब अजम्बरी फूल बन्यो। यो कहिल्यै नओइलाउने मखमली फूलको माला जस्तै बनेर सजिने छ।
Your review helps others make informed decisions
Click on a star to start your review